दशौ राष्टिय उद्योग दिवशको कार्यक्रम रामपुरमा सम्पन्न ।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ मंसिर ९ गते १८:४१

मंसिर ९ रामपुर पाल्पा

रमा भण्डारी रामपुर पाल्पा
घरेलु तथा साना कार्यालय पाल्पाको आयोजना र रामपुर उद्योग वाणिज्य संघको समन्वयमा उद्यामी अन्तरक्रिया कार्य क्रम भएको हो । दशौ राष्टिय उद्योग दिवशको कार्यक्रममा मुख्य पाहुना लुम्विनी प्रदेश सभा सदस्य तथा अर्थ उद्योग पर्यटन विकास समितिका सभापनि राजु प्रसाद श्रेष्ठले कार्यक्रमको उद्घाटन गदै उद्योगी व्यवसायीको उद्यमलाई प्रबर्द्धन र आर्थिक विकासमा टेवा पुग्ने गरि ऎन कार्यबिधी बनेको बताउनुभएको छ ।

कोभिड देखि धरासायी भएको अर्थतन्त्रलाई उकास्ने प्रयत्नमा प्रदेश सरकार लागेको बताउफै उहाँले नियम कानुन र परिधिमा रहेर पेशा व्यबसाय गर्न उद्योगी व्यबसायीलाई आग्रह गर्नुभयो । लुम्बिनी प्रदेश सरकार अर्थ, उद्योग, पर्यटन समिति सभापति समेत रहनुभएका श्रेष्ठले राजश्व कम उठेको समयमा दोहोरो करको मारमा व्यबसायी रहेको गुनासो निरन्तर आइरहेको बताउनुभयो । त्यसको लागि पनि वहाले विभिन्न ऐन नियम भित्र रहेर गर्नु पर्नै बताउदै त्यसको लागि आफुले सक्दो प्रयास गर्नै बताउनु भयो ।

उधमशिलताको सस्कृति राष्टको समृद्धि भन्ने नाराका साथ भएको कार्यक्रममा रामपुर उद्योग बाणिज्य सघका अध्यक्ष भोजेन्द्र प्रकास ढकालले सहभागिलाइ स्वागत गदै रामपुर उद्योग बाणिज्य सघको सम्क्षिप्त परिचय दिनुभएको थियो । वहाले सहभागिले राखेको जिज्ञाशा मेटाउदै रामपुर उद्योग बाणिज्य सघको काम कतव्य र अधिकार सगै करको विषयमा बताउनु भएको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यलय पाल्पाका प्रमुख श्याम प्रसाद पौड्रयालले करका विभिन्न विषयमा कार्यपत्र परस्तुत गर्नु भएको हो । वहाले अहिले उद्योग व्यावसाय दर्ता गर्नै भन्दा पनि खारेली गर्ने हरु बढेको भन्दै करलाइ दायरा घटाएर भए पनि दर्ता गर्नै को संख्या बढाउनु पर्नै बताउनु भयो ।

अन्तरक्रियामा रामपुर इट्टा उद्योगका संचालक रामचन्द्र ढंगाना,कालिगण्डकी बेकरी उद्योगका संचालक गणेश बहादुर क्षेत्री ,पशुपालक कृषक विनोद श्रेष्ठm कृषक नारायण प्रसाद भट्टराई ,लगायतले कर को र दर्ता का विषयमा बोल्दै अन्तरक्रिया सहितको कार्यक्रममा अर्थतन्त्र सुधारमा उद्योग व्यबसायीले अहिले फड्को मार्न नसकेको बताउनुभयो ।

इलाका प्रशासन कार्यालय प्रमुख गणेश बहादुर कार्की, इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले सुरक्षा संग सम्बन्धित बिषयमा सहकार्य समन्वय गरेर काम गर्नै आफु जति बेला पनि तयार रहेको बताउनु भयो । वहाले रामपुरको शान्ति सुरक्षँमा सहयोग गर्ने अनुरोध गदै समाजमा सबैले सुरक्षँको लागि आ आफ्नो ठाउबाट सहयोग गर्ने सबै लाइ अनुरोध गर्नु भयो ।

रामपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठ, उद्योगी व्यबसायी सागर प्रसाद देवकोटा, उद्योगी व्यबसाय अशोक श्रेष्ठ, पत्रकारमहासघ पाल्पाका सदस्य दुर्गेश मल्लले आफ्नो भनाइ राख्दै दिवशको अवश्वरमा शुभकामना दिनु भएको हो । होटल श्रीनगरको सभाहलमा भएको कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख श्याम प्रसाद पौडेलको अध्यक्षतामा भएको हो  भने  कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यलय पाल्पाका सहजकर्ता मनोज घिमिरेले गर्नु भएको हो ।


प्रकाशित : २०८१ मंसिर ९ गते १८:४१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology