ढोलीमारामा गरिएकाे सामुहिक किवि खेती र आम्दानी

माया राना,जल्पा
प्रकाशित : २०८१ मंसिर १० गते ११:०४

पूर्वखोला गाउँपालिका वडा नं.२ जल्पा ढोलीमारामा गरिएकाे सामुहिक किवि खेतीबाट यस वर्ष उत्साहजनक उत्पादन भएकाे छ । २५ रोपनी क्षेत्रफल जग्गामा लगाईएकाे ८ सय बोटबाट ७ क्वाइन्टल बढी किवि टिपिएकाे समुहका किसान डोलबहादुर घर्तीले जानकारी दिनुभयो। यस वर्ष २ लाख ८० हजारको बिक्रीबाट आम्दानी हुने अनुमान गरिएको छ ।

ढोलीमारा गाउँका ६० जना कृषकहरु यस समुहमा आबद्व भएर काम गरिरहेको छन् । याे बिरुवा रोपेको ३/४ वर्षदेखि फल्न शुरु गर्छ । यो गाउँमाभने २०७३ सालदेखि नै किविका बिरुवा लगाउन शुरु गरेको जल्पादेवी कृषक समुहका अध्यक्षय भिमबहादुर सारुले सुनाउनुभयो । गत वर्षहरुमा कम उत्पादन भएको कारण स्थानीय बजारमै खपत हुन्थ्यो । यस वर्ष, उत्पादनमा वृद्विका कारण कृषकहरुमा उत्साह थपिएको छ । किविलाई ग्रेडिङ गरी प्रतिकिलो A ग्रेडकोलाई ४००/-र B ग्रेडलाई ३५० /- मूल्य निर्धारण गरी बिक्रि बितरण गरिदैंछ । किवि, पोषकतत्वले भरिपूर्ण र यसको महत्व बारे उपभोक्तालाई थाहा भएर नै होला , टाढासम्म बजार खोज्नु परेको छैन । समुहकै जिम्मेवारीमा बिक्रि गरिरहेको छ ।
सामुहिक एकता र कृषकको सकृयताले पाएको सफलतामा पूर्वखोला गाउँपालिका , जल्पा वडा कार्यालय र डिभिजन वन कार्यालय, पाल्पाले हातेमालो गरिरहेको छ । समुद्री सतहदेखि एकहजार दुईसय मीटर उचाइँ माथि उत्पादन गर्न सकिने यो बिरुवा परीक्षण गर्दा राम्रो उत्पादन भएपछि समुहमा लगानी गरी, ब्यक्तिकाे जीवनस्तर उकास्न, आर्थिक समृद्विका ब्यावसायिक किवि खेतीमा लगानी गरिएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताउनु भयाे ।

पहिलो वर्ष डिभिजन वन कार्यालयबाट बिरुवा सहयोग गरिएको थियोभने गाउँपालिका पूर्वखोलाबाट तारजाली , फलामका ट्रष्ट , सहयोग भएको थियो।

यस आर्थिक वर्ष पनि क्षेत्र बिस्तारको लागि योजना रहेको जल्पाका वडा अध्यक्ष निरबहादुर सारुले सुनाउनु भयाे ।हरेकदिन, जनश्रम्दानमा जुट्ने कृषकको मूल्य उठाउन त निक्कै समय लाग्ने छ । कृषक र श्रमको सम्मानमा सरोकारवाला निकायहरु हातेमालो गर्न सधैं तत्पर रहून्। कृषकको हौशला, जोश र जागरमा उर्जा सदावहार थप्दै गएमा समृद्व समाजको परिकल्पना साकार गर्न सकिनेछ ।


प्रकाशित : २०८१ मंसिर १० गते ११:०४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology