महिला स्वास्थ्य स्वयमसेविका हरुलाई डेंगि रोग संक्रमण तथा रोकथाम सम्पन्धी सचेतना कार्यक्रम रामपुरमा सम्पन्न ।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ मंसिर ११ गते १९:०४

मंसिर १० रमा भण्डारी रामपुर पाल्पा
नेपाल रेडक्रस सोसाइटि पाल्पा र उपसाखा रामपुरको संयुक्त आयोजनामा महिला स्वास्थ्य स्वयमसेविका हरुलाइ डेगि रोक संक्रमण तथा रोकथाम सम्पन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । उपसाखा रामपुरका सभापति मनोरथ भट्टराइको अध्यक्ष्तामा भएको कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिकाका उप प्रमुख बालकुमारी थापा रहनु भएके हो । कार्यक्रममा बोल्दै डेगिका विरामी बड्दै गएको कारण सबै सचेत हुन जरुरी रहेको बताउनु भयो । डेगि रोगले ज्यानै समेत जान सक्ने भएकाले यसबाट बच्ने उपाएहरुको अवलम्वन गर्नु पर्नै बताउनु भयो ।
रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको सहजिकरण रामपुर अस्पतालका डा सुनिल कुमार दाशले गर्नुभएको थियो । नेपाल रेडक्रस पाल्पाका उप मन्त्रि कमल राज भट्टराइको स्वागतबाट शुरु भएको सचेतना कार्यक्रममा १६जना महिला स्वयम सेविका हरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला रेडक्रसका पुर्व सभापति देवराज ढकालले आफ्ना भनाइ राख्दै डेगि रोगले मानिसको ज्यानै समेत जान सक्ने भएकाले सबै सचेत रहनु पर्नै बताउनु भयो । कार्यक्रममा सहभागिलाइ धन्यबाद उपसाखा रामपुरका कोषाध्यक्ष दुर्गा प्रसाद भट्टराइले गर्नु भएको हो भने संचालन सचिव तिल बहादुर श्रेष्ठले गर्नु भएको हो ।


प्रकाशित : २०८१ मंसिर ११ गते १९:०४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology