पौष १७ रमा भण्डारी रामपुर पाल्पा
नेपाल सरकारका उपप्रधान एबं शहरी बिकाश मन्त्री प्रकाशमान सिहंले मंगलबार धनधन्यान्चल श्रीमदभागबत ज्ञान महायज्ञ एब धार्मिक महोत्सवकाउद्घाटन गर्नुभयो ।शहिद क्याम्पसको चाहना, संकाय थप सिपमुलक शिक्षा र छात्रबास भवनको स्थापना गर्ने मुल उदेश्यका साथ धनधन्यान्चल श्रीमदभागबत ज्ञान महायज्ञ एब धार्मिक महोत्सवकोभएको छ । मुल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान एबं शहरी बिकाशमन्त्री प्रकाशमान सिहंले क्याम्पसको समग्र बिकाशका लागी आफ्नो मन्त्रालयको तर्फबाट र ब्यक्तिगत हिसाबले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यो महान पुन्य कार्यमा सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरुले आफ्नो गक्ष अनुसार दान गर्न आग्रह गर्नुभयो ।उहाँले रामपुरलाई आधुनिक शहरको रूपमा बिकास गर्न सकिने बताउँदै यहाँका सबै जनप्रतिनिधि मिलेर काम गर्न आग्रह गर्नुभयो । उहाँले जनतालाई केन्द्रमा राखेर बढ्नु पर्नेमा जोड दिनु भएको थियो । यो दल त्यो दल नभनी समाज परिवर्तन र आवश्यक विकासका लागि जनप्रतिनिधिहरु छलफल र समन्वय गरेर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले महायज्ञलाई सफल पार्न आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अन्तिम सम्म यही रहेर सहयोग गर्ने बताउनुभयो । प्रतिनिधि सभा सदस्य आचार्यले संकाय थप, सिपमुलक शिक्षा र छात्रबास भवनको निर्माण गर्ने उदेश्यले जुन काम गर्न खोज्दै हुनुहुन्छ त्यसमा भोलि केन्द्र सरकार र प्रदेश सरकारसंग समन्वय गरेर आबस्यक बजेटको ब्यबस्थापन गर्न र अन्य प्राबिधिक विषय संचालनका लागी अनुमति प्राप्त गर्न, नितिगत कुराहरुमा पनि सहयोग गर्न प्रतिबद्ध रहने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले महायज्ञमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले रामपुरको समग्र बिकाशका लागी आबस्यक बजेटको ब्यबस्थापन गर्न मन्त्रीसमक्ष आग्रह गर्नुभयो ।उहाँले रामपुर नगरपालिकाले शहिद बहुमुखी क्याम्पसलाई हरेक बर्ष बजेट बिनियोजन गर्दै आएको बताउनुभयो ।
महायज्ञबाट क्याम्पसमा प्राबिधिक शिक्षाको बिकास गर्न आग्रह गर्दै नगरपालिकाको तर्फबाट आगामी आर्थिक बर्षमा ५१ लाख ५१ हजार १ सय एघार बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बौंदिकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले समग्र कालीगण्डकी बेसीका सम्पूर्ण विद्यार्थीहरुलाइ पढ्न पाउने गरी सबै विषयको पढाई हुने ब्यबस्था गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पुर्बखोला गाउँपालिकाकी उपाध्यक्ष भागिरथी भट्टराई ,प्रमुख जिल्ला अधिकारी तोयानारायण सुबेदी,नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका सभापति हिमाल दत्त श्रेष्ठ,नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य एब पुर्ब प्रदेश सभा सदस्य युबराज खनाल नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य कमलराज भट्टराई,नेकपा एकीकृत समाजबादी पार्टीका केन्द्रिय सल्लाहकार सदस्य लेखनाथ पोखरेल,रामतुलसी माद्यामिक बिद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल, शहिद बहुमुखी क्याम्पसका स्वबियु सभापति ल्याकत अलि लगायतले महायज्ञको पुर्ण सफलताको शुभकामना दिनुभयो ।
मुल आयोजक समितिका उपाध्यक्ष सुकदेब पोखरेलको स्वागत बाट सुरु भएको कार्यक्रमको संचालन मुल आयोजक समिति सदस्य रामप्रसाद ढकालको संचालन र धन्यवाद क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले दिनुभएको थियो । कार्यक्रममा रामतुलसी माद्यामिक बिद्यालय परिवारले १ लाख ३४ हजार दान सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।आज महायज्ञको उद्घघाटन हुनुभन्दा अगाडी कलश यात्राको कार्यक्रम भएको थियो ।कलश यात्रामा बाजागाजा झाँकी ,ब्यानर सहित विभिन्न बिद्यालयका विद्यार्थी, शिक्षक, विभिन्न समुह, संघसस्था लगायत भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको कलश यात्रा शहिद क्याम्पस हुँदै कालिआप, रामपुर अस्पताल, मटेरी, बेझाँड हुँदै पुन क्याम्पसमा आएर समापन भएको थियो ।महायज्ञमा प्रमुख कथा बाचक पण्डित दिनबन्दु पोखरेलज्युको मुखारबिन्दबाट कथाबाचन हुनेछ । पुस १७ गतेदेखि २२ गतेसम्म बिहान ७ बजेदेखि १० बजेसम्म पुजापाठ, १००८ सालिग्राम पुजन, दिहुसो संगीतमय कथाबाचन तथा झाँकी, साँझ आरती भजनकृतन हुनेछ । पुस २३ गते विशेष कार्यक्रमको आयोजना गरी महायज्ञको समापन गरिने जनाइएको छ ।
प्रकाशित : २०८१ पुष १७ गते १९:२८
Facebook Comment