माया राना- जल्पा, पाल्पा
पूर्वखोला गाँउपालिका वडा नं २ जल्पामा क्षमता अभिवृध्दि तथा व्यक्तित्व विकासको लागि आयोजना गरिएको उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ। दुई दिनसम्म संचालन भएको उक्त कार्यक्रमका सहजकर्ता अन्तरराष्ट्रिय सामाजिक उत्प्रेरक बिकास देव योंन्जन तामाङ्ले सहजिकरण गर्दै, ,अर्थपूर्ण मानव जिवनको महत्व तथा आफु स्वयम र समाजमा पार्ने प्रभावको बारेमा जानकारी दिदै , सकारात्मक भाइब्रेशनले मात्र आफू संग भएको ज्ञान शिप र दक्षताको पूर्ण प्रोयोग गर्न सकिने बताउनु भयो ।
वाहाले अर्थ पूर्ण सफल्ता , उत्प्रेरणाको श्रोत र महिला शसक्तीकरणमा ९ वटा पि (p) को सिद्दन्त लगायतको बारेमा समेत प्रशिक्षण गर्नु भएको थियो । यस्तै हामीले कमिला र मौरीबाट समेत धेरै ज्ञान सिक्न सक्ने बताउदै दुनियां बदल्नको लागि पहिला आफू बदलिने आभियानको थालनी गर्नु पर्नेमा जोड दिनु भयो ।
कर्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाँउपालिका अध्यक्ष नुन वहादुर थापाले उत्घाटन समारोहमा बोल्दै यो कार्यक्रम पछि सहभागीहरुको बिचारमा सकारात्मक आउनुको साथैं हरेक बिषयमा हरेक बिषयमा फराकिलो सोच राखेर सोच्ने बानीको बिकास हुनेछ भन्ने बिस्वास ब्यक्त गर्नु भयो ।
वाहाले महिलाहरुको सिमित बजेट्बाट आयोजना गरीने शिर्जनात्मक र रचनात्मक हरेक काममा सहकार्य गर्न आफू सधैं तत्पर रहेको पनि उल्लेख गर्नु भयो ।
त्यस्तै गरी समापन समारोहमा बोल्दै जल्पाका वडा अध्यक्ष निर वहादुर सारुले जुनसुकै परिवर्तनको लागी सकारात्मक उपस्थितिले मात्र सफल्ता प्राप्त गर्न सकिने बताउनु भयो ।
नेपाल मगर महिला सँघ केन्द्रीय अध्य्क्ष हिरु सरा रानाले महिलाहरु मुल प्रभाविकरण पुग्नको लागी सचेतना जरुरी भएको उल्लेख गर्नु भयो । यस्तै कार्यक्रमका सहभागी चन्द्री सरा रखाल र धनमाया घर्तीले ब्यावहारिक जिवनको लागी धेरै रचनात्मक र प्रभावकारी कार्यक्रम रहेको प्रतिकृया दिनु भयो ।
जल्पा महिला कल्याण परिवारले आयोजना गरेको यो कार्यक्रम, महिला लक्षित कार्यक्रम आन्तरगत , गाँउपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रमा जल्पा वडाका महिला समुह प्रतिनिधी, स्थानीय संघ सस्था तथा सामाजिक ब्यक्तित्व, गरी सय जना बढीको उपस्थिति रहेको थियो । आयोजक संस्थाका सचिव टोल्सरी राईको संचालन र अध्यक्ष लिला राना सारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित : २०८१ माघ ५ गते १६:०३
Facebook Comment