३० औं ओके बाजी भलिवल च्याम्पियशिप प्रतियोगिता सम्पन्न

माया राना,जल्पा
प्रकाशित : २०८१ माघ १९ गते १०:४१

पूर्वखोला गाँउपालिका वडां नं २ जल्पा ढोलिमारामा ३० औं ओके बाजी भलिवल च्याम्पियशिप प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उत्घाटन जापानी समाज सेवी काजुमासा काकिमि (ओके बाजी )ले गर्नुभएको हो ।
१३ टिम सहभागी रहेको प्रतियोगितामा रम्भा गाँउ पालिका बोरङ्से युवाक्लब पहिलो , शयारी युवा क्लव जल्पा दोस्रो, शयारी युवा क्लव भु पु टिम तेस्रो भएको छ । बिजय खेलाडीहरुलाई नगद क्रमस ४० हजार , २५ हजार , १५ ह्जार , मेडल र प्रमाण पत्रले सम्मान गरिएको छ त्यस्तै च्याम्पियनशिपमा रम्भा गाँउपालिका बोरङ्सेका तुलसा बालावलले बेष्ट प्लेयर , सोही क्लबका याम आलेले बेष्ट स्पाइकर र शयारी युवा क्लब ढोलिमाराका टेकन बरालले बेष्ट सेटर सोही क्लबका शेखरमान सारुले बेष्ट डिफेन्डर हात पारेका छन्। खेलाडीहरुलाई ट्रफी र सम्मान पत्रले सम्मान गरेका छन्। ३ दिन सम्म संचालनमा रहेको खेलको उत्घाटको दिन चौंपारी बाल क्लवले सांस्कृती कार्यक्रम प्रदर्शन गरेका थिए । हरेक बर्ष स्थानिय शयारी युवा क्लवको आयोजनामा यो कार्यक्रम हुदैं आइरहेको छ । क्लवका अध्यक्ष श्रीधन कवरको अध्यक्षता र सचिव पिम वहादुर कवरको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०८१ माघ १९ गते १०:४१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology