निस्दी गाउँपालिका गल्धा फाँटमा रहेको निस्दी खोला पुलको सिलान्यास भएको छ ।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ फागुन १९ गते २०:५०

रमा भण्डारी रामपुर, पाल्पा

समाचार फागुन १९ गते,

निस्दी गाउँपालिका वडा नम्बर ५ गल्धाफाँ टमा रहेको निस्दी खोला पुलको सिलान्यास भएको छ । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्रालयका मन्त्री भुमिस्वर ढकाल मुख्य पाहुना रहनुभएको थियो ।

मुख्य पाहुना लुम्बिनी प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्रालयका मन्त्री भुमिस्वर ढकालले पुल सम्पन्न भएपछि यहाँको ब्यापार ब्यबसाय, कृषि उत्पादनलाई बजारीकरण गर्न पुलले टेवा पुग्ने बताउनुभयो ।
पुलको राम्रो र गुणस्तरीय काम भए नभएको स्थानीय पालिका र जनताले अनुगमन तथा निरीक्षण गर्नुपर्ने बताउनुभयो । मन्त्री ढाकालले यो आर्थिक बर्षमा ५० लाख बिनियोजन भएको र बहुबर्षिय रुपमा बजेट बिनियोजन गरी तोकिएको समयमा निर्माण सम्पन्न गर्न बजेटको अभाव नहुने बताउनुभयो ।नेपालमा अनेकन सम्भावना रहेकोले नेपालमै बसेर सम्भावनाको खोजी गरी काम गर्न सम्पूर्ण जनतामा आग्रह गर्नुभयो । मन्त्री ढकाललेअहिलेको एमाले र काङ्ग्रेसको संयुक्त सरकारले जनताको अपेक्षा पुरा गर्न कट्टीबद्द भएर काम गरिरहेको बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले निस्दी खोलामा पुल निर्माणका लागी प्रदेश सरकारले बजेट बिनियोजन गरेर काम सुरु भएकोमा धन्यवाद दिनुभयो । प्रतिनिधिसभा सदस्य आचार्यले आर्यभञ्ज्याङ् रामपुर कपुरकोट गौरवको आयोजनाको रुपमा केन्द्र सरकार र प्रदेश सरकारले आबस्यक बजेटको प्रबन्ध गरी खण्डखण्डमा काम भैरहेको बताउनुभयो ।रामपुर, मित्याल अरुणखोला सडक निर्माण अगाडी बढाउन केन्द्र र प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।उहाँले निस्दी गाउँपालिकामा संघीय सरकारको आर्थिक सहयोगमा मित्यालमा १५ सैयाको अस्पताल निर्माण भैरहेको, गाउँपालिकाको प्रशासकिय भवन निर्माणको काम भैरहेको,गल्धामा स्वास्थ्य चौकी निर्माण लगायत धेरै आयोजनाको काम भैरहेको बताउनुभयो । यो क्षेत्रको समग्र बिकाशका साथै जनतालाई आत्मनिर्भर बनाउन आफू लागिरहेको बताउनुभयो ।निस्दीले कृषिमा धेरै सफलता हासिल गरेको बताउदै यहाँका उत्पादनलाई बिदेशमा समेत निर्यात गर्न सफल भएको बताउनुभयो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले निस्दी गाउँपालिकामा सामाजिक बिकासमा धेरै काम गर्नुपर्ने छ । बाल बिवाहा न्यूनीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न धेरै काम गर्नुपर्ने भएको बताउनुभयो । स्वास्थ्य मन्त्री सारुले स्वास्थ्य क्षेत्रको सुधारका लागी आगामी बजेटमा आबस्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारले मुटु, क्यान्सर र किड्नीका रोगीहरुको लागी प्रतीब्यक्ति २ लाख बजेट बिनियोजन गरिएको बताउनुभयो ।देशमा स्थायीत्व कायम गर्न तीव्रताका बिकाश निर्माणका लागी प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले यो क्षेत्रमा प्रदेश सरकारको लगानीमा धेरै काम भैरहेको बताउदै रामपुर कपुरकोट सडकका लागी प्रदेश सरकारले बजेट बिनियोजन गरेर काम भैरहेको बताउनुभयो । सभापति श्रेष्ठले यो क्षेत्रको समग्र बिकाशका अग्रसर भएर काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले निस्दी खोला पुलका लागी बजेट बिनियोजन गरि काम सुरु भएकोमा लुम्बिनी प्रदेश सरकारलाई धन्यवाद दिनुभयो । उहाँले अन्य बिकास निर्माणका लागी आबस्यक बजेटको ब्यबस्था गर्न प्रदेश सरकारसमक्ष आग्रह गर्नुभयो ।

कार्यक्रममा निर्माण ब्यबसायी पुर्सोतम केसीले आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
२०८१ साल कार्तिक ४ गते सम्झौता भएको आयोजनाको २०८३ साल कार्तिक २ गते निर्माण सम्पन्न हुने निर्माण कम्पनी सुभलक्ष्मी शुक्र कमली हेभन जेभी बेल्डान्डिले जनायको छ । ५ करोड ९८ लाख ६३ हजार ९ सय ३३ रुपैयाँमा सम्झौता भएको आयोजनाको पुलको कुल लम्बाई ५३ मिटर, चौडाई १० मिटर सहित दुबै भागमा १ दशमलब २५ मिटरको फुटपाथ बन्नेछ ।

लुम्बिनी प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्रालयका सचीव भिमार्जुन पान्डेले स्वागत गर्नुभएको कार्यक्रमको संचालन निस्दी गाउँपालिकाका प्रशासन अधिकृत अर्जुन खनालले गर्नुभएको हो ।


प्रकाशित : २०८१ फागुन १९ गते २०:५०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology