नयाँ बर्षमा जल्पा साकिनेमा राष्ट्रिय कलाकार सगै खुल्ला साविक वडा स्तरीय भलिबल हुने

माधब पाण्डे
प्रकाशित : २०८१ चैत ५ गते २१:२१

 

पाल्पा- जिल्लाको पुर्वखोला गाउँपालिका वडा नं.-२, जल्पा साकिनेमा रहेको समाज सुधार युवा क्लबले चैत्र २५देखि १ गतेसम्म पुरुष तथा महिला र भु.पु भलिबल प्रतियोगिता सगै राष्ट्रिय कलाकारको बेजोड आयोजना गर्ने भएको छ।
क्लबका संयोजक तथा व्यवस्थापक अमर  राना मगरले समाज सुधार युवा क्लबले अगाडिका वर्षहरुमा पनि भलिबल प्रतियोगिता आयोजना गरिदैँ आएकोमा सोही वार्षिक कार्यक्रमलाई प्राथमिकता दिएको बताउँदै यस वर्ष पनि चैत्र २५ देखि २०८२/१/१ गते नयाँ बर्षलाई मध्यनजर गरेर स् राष्ट्रिय कलाकार, सगै खुला साविक वडा स्तरीय भलिबल आयोजना गर्ने बताउनुभयो ।

राष्ट्रिय कलाकार खुमन अधिकारी ,जमुना राना,र कमल भट्टराईको बेजोड प्रस्तुति रहने रानाले बताउनु भयो प्रतियोगिता पुरुष तथा महिला र भु पु को हुने समेत बताउनुभयो । पुरुष तर्फको प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रु. ४०४४४।-, रु. २५,२२२।- रु. १५,१११/- ट्रफि,मेडल र प्रमाणपत्र भने तर्फको प्रथम, द्वितीय र तृतीय हुने समूहलाई रु. ५०००।-, रु.४०००।-, रु. ३०००।- मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने
भु.पु तर्फ प्रथम,द्वितीय र तृतीय हुने समुहलाई रू ५०००l-,३०००l-,रू२०००l- बताउनुभयो ।

संयोजक अम्बर रानाले अनुसार खेल दर्ताको लागि पुरुषको – रु. २,५००।- र महिला खेल र भु.पु तर्फ टिम दर्ता निसुल्क रहने छ भलिवल सुरु देखि अन्तिम सम्म गोला चिट्ठा हुने रानाले बताउनु भयो । खेल साकिनेको बघेला खेलमैदान हुने समेत बताउनुभयो । फाइनल खेल नयाँ बर्षको १ गते राष्ट्रिय कलाकारको साथमा विभिद सास्कृतीक कर्यक्रम रहने अध्यक्ष छविलाल सारुले बताउनु भएको छ ।
साथै खेल दर्ताको लागि सम्पर्क नं.- लोक राना ९८६७८७४४१३डिल कुमार राना ९८६७१०३३३२अम्बर राना ९८६४५८८४९० मा सम्पर्क गरि खेलको दर्ता सहभागिता जनाई सहयोग गरिदिनसमेत संयोजक अम्बर रानले आग्रह गर्नुभयो ।


प्रकाशित : २०८१ चैत ५ गते २१:२१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology