पाल्पामा यात्रुबहाक जिप दुर्घटना एक जनाको मृत्यु, ५ जना घाइते

Kandara News
प्रकाशित : २०८२ वैशाख ७ गते २२:५९

पाल्पामा यात्रुबहाज जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्‌जाको कालीगण्डकी गाउँपालिका वडा नं. ३ वैघाकी १७ वर्षीया एलिजा सारु रहेको स्थानीय रमेश न्यौपानेले जानकारी दिए। सारुको जिपले च्यापिएर ज्यान गएको न्यौपानेले बताए।

आइतबार बेलुका तानसेनबाट भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको जिप बगनासकाली ४ को बेलडाँडा भन्ने स्थानमा ब्रेक फेल भई दुर्घटना भएको हो ।

ब्रके फेल भएको गाडी उकालोमा माथि जाने बेला सडकमै पल्टिएको थियो । ब्रेक फेल भएको गाडी सडकमा पल्टिदा अन्य ५ जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको टाउँकोमा चोट लागेका कारण अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।


प्रकाशित : २०८२ वैशाख ७ गते २२:५९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology