पाल्पा, निस्दी २०८२ जेठ १६ गते,
निस्दी गाउँपालिकाको आयोजनामा सातौं राष्ट्रिय महिला अधिकार दिवस विविध कार्यक्रमसहित निस्दी गाउँपालिका–४ वसेनीस्थित बहुउद्देश्यीय सभाहलमा सम्पन्न भएको छ।
उक्त कार्यक्रम महिला समन्वय समिति निस्दी गाउँपालिकाकी अध्यक्ष श्रीमती तिर्सना खन्गाहाको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष श्रीमती तिरन कुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा महिला सशक्तिकरण, अधिकारको संरक्षण, समान अवसर र लैंगिक समानताका विषयमा छलफल गरिएको थियो। विभिन्न सांस्कृतिक कार्यक्रम, कविता वाचन, वक्तृत्वकला तथा सफल महिलाहरूको अनुभव आदान–प्रदान जस्ता कार्यक्रमहरू पनि समावेश गरिएका थिए।
कार्यक्रममा वडास्तरीय महिला प्रतिनिधिहरू, स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, विद्यालयका शिक्षक/शिक्षिका तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
निस्दी गाउँपालिकाले आगामी दिनमा पनि महिला अधिकार प्रवर्द्धनका कार्यक्रमहरू निरन्तर रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
प्रकाशित : २०८२ जेठ १८ गते १४:१०
Facebook Comment