पूर्वखोलामा स्वास्थ्य चौकीहरूको न्यूनतम सेवा मापदण्ड सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

www.kandaranews.com
प्रकाशित : २०८२ जेठ २४ गते २१:५९

पाल्पा,पूर्वखोला-जेठ २३ –

पूर्वखोला गाउँपालिकाको आयोजनामा गाउँपालिकाको सभा हलमा आज एक दिवसीय स्वास्थ्य चौकीहरूको न्यूनतम सेवा मापदण्ड (HPMSS) सम्बन्धी समीक्षा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठको अध्यक्षता रहेको थियो भने गाउँपालिका अध्यक्ष नुन बहादुर थापा प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले कार्यक्रमको समन्वय गर्दै स्वास्थ्य चौकीहरूमा न्यूनतम सेवा मापदण्डको कार्यान्वयन अवस्था, चुनौतीहरू, र सुधारका उपायहरूबारे जानकारी गराएका थिए।

कार्यक्रममा स्थानीय स्वास्थ्य संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले स्वास्थ्य सेवाको गुणस्तर वृद्धि तथा सेवा पहुँच विस्तारमा यस्ता कार्यक्रम उपयोगी हुने बताएका छन्।



प्रकाशित : २०८२ जेठ २४ गते २१:५९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology