‘रम्भादेवी पन्चे बाजा तालमा’ बोलको गीत सार्वजनिक

www.kandaranews.com
प्रकाशित : २०८२ असार ६ गते २१:४३

📆 २०८२ असार ६, पाल्पा
नेपाली लोकसंगीतमा फरक पहिचान बनाएका पाल्पाली गायक तथा सर्जक यामु थापाको नयाँ लोकगीत ‘रम्भादेवी पन्चेबाजा तालमा’ सार्वजनिक भएको छ। युट्युबमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमा नै दर्शकको ध्यान तान्न थालेको छ।

गीतमा लय र शब्द यामु थापा स्वयंको रहेको छ। स्वरमा उनलाई पछिल्लो समयकी लोकप्रिय लोकगायिका दिपिका बयाम्बु मगरले साथ दिएकी छन्। गायक थापा लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

गीतको म्युजिक भिडियो गोकुल सारुको निर्देशनमा तयार पारिएको हो। भिडियोको छायांकन पूर्वखोला गाउँपालिका अन्तर्गत जल्पा क्षेत्र चुलीडाँडा, मैदान,रम्भा गाउँपालिकाको रिमिघा, ताहुँ जस्ता पर्यटकीय स्थलहरूमा गरिएको निर्देशक सारुले जानकारी दिए।

भिडियोमा रनविर बरालगङ्गा बारघरेको आकर्षक अभिनय देख्न सकिन्छ। गीतमा मौलिकता, सुसंस्कृत प्रस्तुति र दृश्यात्मक सौन्दर्यलाई जोड दिइएको छ।

🎵 गीत हेर्न यहाँ क्लिक गर्नुहोस्:
📺 https://youtube.com/watch?v=YEixGQxIIwQ&si=jwOVVBWzm3a6wpq2

📰 🖊️ सम्बाददाता: कन्दरा न्यूज


प्रकाशित : २०८२ असार ६ गते २१:४३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology