माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनीमा रहेको दिव्य ज्योति माविमा ४ दिने विद्यालय योग शिक्षा कार्यक्रमको पालिका अध्यक्ष यम चिदीले गमलामा रहेको तुलसी बोटममा पानी राखी उद्घघाटन गर्नु भएको थियो।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष औषधालय सन्चालन तथा ब्यव्स्थापन समितिका अध्यक्ष एबम सामाजिक बिकास समितीका सम्योजक राजकुमार पन्थीको अध्यक्षतामा चलेको कार्यक्रममा पालिका उपाध्यक्ष बिष्णु माया लुङ्चे, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरे, वडा नम्बर ३ का अध्यक्ष तेज बहादुर घर्ती, वडा नम्बर ३ का सदस्य मान बहादुर थापा, दिब्यज्योती माविका प्र. अ लोकेन्द्र थापा र प्रशिक्षक डा रोमहर्ष नेपाल, यज्ञ प्रसाद गैरेको उपस्थितिमा शुरु भएकोछ। सो कार्यक्रममा पालिका शिक्षा सम्योजक प्रेम बहादुर बाह्रघरेको सन्चालन औषधालयका प्रमुख अमृत भण्डारीको स्वागत गर्नु भएको थियो भने कार्यक्रममा माथागढी गाउँपालिका भित्रका मा.वि. र आ. वि. गरि २० जना शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०८१ असार  १२ गते २०:११
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment