रामपुर साहित्यक प्रतिष्ठान काे नियमित रचना बाचन कार्यक्रम सम्पन्न ।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ वैशाख २० गते २०:०५

 

बैसाख २०

रमा भण्डारी रामपुर पाल्पा

साहित्यक प्रतिष्ठान रामपुरकाे नियमित रभना बाचन कार्यक्रम रामपुर १ टापुधाममा भएकाे छ । रामपुर साहित्यक प्रतिष्ठान का उपाध्यक्ष नाेलराज भण्डारी काे अध्यक्षतामा भएकाे कार्यक्रम का मुख्य पाहुना प्रगतिशिल लेखक सघ अन्फा लुम्बिनी प्रदेश अध्यक्ष समाजसेवि साहित्यकार राम प्रसाद गैरे पाल्पालि रहनु भएकाे हाे । कार्यक्रममा मुख्यपाहुना पाल्पालिले साहित्यकाे माध्यमबाट कलम चलाएर यस्ता ओझेलमा परेका धार्मिक तथा पर्यटकिय क्षेत्रकाे विकासमा टेवा पुग्छ भन्नू भयाे ।वहाले समाजमा भएका विभिन्न कुरालाई टप्प टिपेर साहित्य काे माध्यम बाट खबरदारी हुने भन्दै काली गण्डकी काे महत्व र डाईभर्सनका विरुद्वमा लेखेका रचना आज सुन्न पाउँदा खुशिलागेकाे बताउनु भयाे । वहाले समाज परिवर्तन गर्ने बलियाे आधार रचना हाे भन्दै छाेरी कमजाेर हैन भन्ने शिर्षकमा गजल सुनाउनु भयाे।कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष बासुदेव ढकालले प्रतिष्ठान काे प्रति भएकाेमा खुशिलागेकाे बताउदै आफुले जन्माएकाे सस्थाप्रति आफू सधै सकरात्मक रहेकाे बताउनु भयाे ।वहाले टापुधामकाे विषयमा कविता सुनाउदै नगर र वडामा बार्षिक रुपमा बजेर माग गरि टापुधामकाे विकासमा लाग्न स्थानियलाई अनुराेध गर्नु भयाे ।

कार्यक्रममा साहित्यकार खगुपति घिमिरे,नारायण समर्पण,वसन्त थापा घिरिङगाउपालिका पुट्टारका ,ईश्वरी गैरहे, भुपु बाेडिङ स्कुल का प्रिन्सिपल गाेपि सिक्देल दुर्गा भण्डारी रामकृष्ण भण्डारी ,युवराज ओस्ति,गिरधारी उपाध्यक्ष ,ऋषिराम तिवारी सस्थाका सदस्य समीर पाैड्याल,पार्वती न्याैपाने लगायतले रचना बाचन गर्नु भएकाे हाे ।कार्यक्रमकाे सन्चालन सचिव दिपकमणि अर्यालले गर्नु भएकाे हाे ।


प्रकाशित : २०८२ वैशाख २० गते २०:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology