रामपुर ५ मा जेष्ठ नागरीक भेला तथा सम्मान कार्यक्रम सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ जेठ ७ गते १९:१२

जेठ ६ रमा भण्डारी रामपुर पालपा
वडा स्तरीय जेष्ठ नागरीक भेला तथा सम्मान र स्वास्थ शिविर कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा होटल नमस्तेको सभाहलमा भएको कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिका का नगर प्रमुख रमण बहादुर थापा रहनु भएको हो । वडा सदस्य नरेन्द्र कुमार जर्घाको स्वागतबाट शुरु भएको कार्यक्रममा जेष्ठ नागरीक हरुलाई दोषल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा रामपुर आयुर्बेद अस्पतालका कर्मचारीहरुले सहभागि सबै जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य जाँच गरि अर्सोगन्धा नामक औषधी वितरण गरेको रामपुर आयुर्बेदअस्पतालका बरिष्ठ कविराज चेमनप्रकाश पोखरेलले बताउनु भयो । कार्यक्रममा रामपुर आयुर्वेद अस्पतालका डाक्टर बालिका विसिले सचेतना कार्यक्रम को सहजिकरण गर्नु भयो । कार्यक्रममा मुखय पाहुना नगर प्रमुख थापाले मन्दिरमा गएर पुजा गरेर मात्र हुदैन जेष्ठ नागरीक हम्रा आमाबुवालाई सम्मान गर्नु पर्छ भन्नू भयो ।वहाले सन्सारमा निश्वाथर्थ माया गर्ने भनेको एक आमा मात्र हो सबैले आफ्ना बुवाआमा भनेको जिउदो भगवान हो भन्नू भयो । वहाले आठ वर्षको समयमा गरेको काम हरुको जानकारी गराउनु भयो । वहाले चुनावका बेला भनेका काम हरु सबै पुरा गर्नै नसके पनि काम भइरहेको बताउनु भयो ।
कार्यक्रममा कार्यपालिका सदस्य माया नेपाली ,समाजसेवि फणेश्वर गौगम जेष्ठ नागरीक सघ वडा नम्वर ६ का अध्यक्ष कृष्ण प्रसाद अर्याल ,नेकपा एमाले का मिनराज रेग्मी समाजसेवि केशर बहादुर खाँण नेका वडा नम्वर ५ का उपसभापति मित्रलाल गैह्रे टोल विकास सस्थाका विख्व प्रकाश लम्साल लगायतले बोल्नु भएको थियो । कायैक्रममा राष्टिय कलाकार लक्ष्मी तिवारी ले मिटो तिग सुनाउुन भएको हो भने कृष्निाथ गौतमले कविता सुनाउनु भएको हो । कार्यक्रममा सहभागिलाई धन्यबाद पुर्व वडा अध्यक्ष हिमााल मल्लले दिनुभएको कार्यक्रम को सन्चालन वडा कार्यलयका कर्मचारी बासुदेव ढकालले गर्नु भएको हो । कार्यक्रममा वडा सदस्य युवराज शाहिले कार्यक्रमको समापन गर्नु भयो कार्यक्रम नमस्ते होटलको सभाहलमा भएको थियो । कार्यक्रममा करिव २सय ३० जना जेष्ठ नागरिक हरुको सहभागिता रहेको वडा सदस्य इश्वरी देवि काफ्लेले जानकारी दिनु भयो । केशर बहादुर खाँण अध्यक्ष रहेको जेष्ठ नागरीक सघ रामपुर वडा नम्वर ५ गठन गरेको छ । जसको उपाध्यक्षमा सरस्वती डोटेल ,सचिवमा कृतिनाथ गौगम कोषाध्क्षामा लक्ष्मी तिवारी र अन्य सदस्यमा चयन हुनु भएको छ ।


प्रकाशित : २०८२ जेठ ७ गते १९:१२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology