विगत लामो समय देखि क्यान्सर रोग संक्रमण पुष्टि भएका पूर्वखोला ३ का ४५ वर्षीय ज्योतिलाल खनालको उपचार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सुरु भएको छ। उनलाई घाँटीको क्यान्सर देखिएको हो ।
आर्थिक रुपमा विपन्न खनाललाई उपचारमा सहयोग गर्न स्थानीय यूवाहरुको समूह पूर्वखोला यूथ ग्रुपले एक साता अघि मात्रै आर्थिक सहयोगका लागि आव्हान गरेको थियो । सो आव्हानमा ७ लाख ३ हजार ९९४ रुपैयाँ उठेको छ ।
बुधबार मात्रै उनीहरु बासुदेव न्यौपाने , टेकबहादुर ठाडा,आशिष न्यौपाने , अर्जुन न्यौपाने , सुबोध न्यौपाने , गंगा काम्मु ,प्रबिन थापा ,नवीन थापा र प्रवीण तिमल्सिना भरतपुर पुगेर एक सातामा संकलित सहयोग रकम बिरामी खनालसंगै उनकी श्रीमती ज्ञानकुमारी खनाललाई सम्पूर्ण रकम हस्तान्तरण गरेका छन् ।
गाउँ बाहिर र देशबाहिर बसेका सबै साथीभाई, आफन्तहरु , गाउँका युवा देखि बृद्धसम्म, आमा समूह देखि महिला समूहसम्म, स्थानीय संस्थाका कर्मचारी देखि व्यापारीहरु सम्म, मनकारीहरुले ठूलो सहयोग गर्नु भयो, रकम संकलन कार्यमा खटिएका सुवोध न्यौपानेले भने ।
सो अवसरमा बोल्दै समूहका तर्फबाट बासुदेव न्यौपानेले स्वदेश तथा विदेशमा रहेका मनकारीहरुको सहयोगमा छोटो अवधीमा ठूलो रकम जुटेको भन्दै मनकारीहरुलाई धन्यवाद दिए भने अर्का अभियन्ता गंगा काम्मूले एक साताको अवधीमा व्यक्ति तथा समूहले सहयोग गरेको रकम आफूहरुले हस्तान्तरण गरेको बताए ।
थप सहयोगका लागि इच्छुक व्यक्तिले अब श्रीमती ज्ञानकुमारीको नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता मा सिधै रकम हस्तान्तरण गर्न सक्ने आशिष न्यौपानेले जानकारी दिय ।
बिरामीको तर्फबाट श्रीमती ज्ञानकुमारीले दुखका बेला यसरी सहयोग रकम जुटाईदिएर ठूलो गुन लगाएको भन्दै धन्यवाद दिईन् ।
प्रकाशित : २०८२ जेठ ८ गते १७:१६
Facebook Comment