काठमाडौँ, — ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा भोलि सोमबारदेखि देशभर सार्वजनिक यातायात ग्यारेजमै थन्क्याउने निर्णय गरिएको छ। यस निर्णयअनुसार देशभर सार्वजनिक बस, माइक्रो, टेम्पो लगायतका सवारीसाधन अनिश्चितकालका लागि सञ्चालनमा नआउने भएका छन्।
यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाका अनुसार मजदुर र यातायात क्षेत्रका ९ वटा संगठनको संयुक्त आयोजनामा यो आन्दोलनको घोषणा गरिएको हो।
मागहरू:
- सरकारले यातायात व्यवसायीको माग सुनुवाइ नगरेको
- जबर्जस्ती कारबाही, जरिवाना तथा नीतिगत अन्याय भएको
- वैध व्यवसायलाई धरासायी बनाउने प्रयास भइरहेको
आन्दोलनका मुख्य बुँदा:
- शान्तिपूर्ण रुपमा ग्यारेजमै सवारी राख्ने
- सडकमा सवारी नचलाउने
- सम्भावित वार्ता नभएसम्म आन्दोलन जारी राख्ने
प्रकाशित : २०८२ जेठ १९ गते १८:१९
Facebook Comment