लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको अभिमुखीकरण गोष्ठी रामपुरमा सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ जेठ २१ गते ९:५५

रामपुर, पाल्पा, जेठ १९

रामपुरमा नगर स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको महिला समुत्थान परियोजनाको आयोजनामा उक्त गोष्ठी सम्पन्न भएको हो।

गोष्ठीमा इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीको संयोजकत्वमा समिति गठन गरिएको छ। कार्यक्रममा परियोजनाकी टिम लिडर सुलोचना श्रेष्ठ र महिला विकास अधिकृत रञ्जना पोखरेलले सञ्जालको भूमिका, गठन प्रक्रिया, जिम्मेवारी, अधिकार तथा लैङ्गिक हिंसाका स्वरूप र समाधानका उपायहरूबारे सहजीकरण गर्नुभयो।

रामपुर नगरपालिकाकी उप–प्रमुख बाल कुमारी थापाले हिंसा पीडितहरूलाई न्यायिक समितिमार्फत सहज सेवा उपलब्ध गराइएको र द्रुत समाधान हुने जानकारी दिनुभयो।

गोष्ठीमा २५ जना सहभागी थिए। नवगठित नगर स्तरीय सञ्जालमा प्रहरी, स्वास्थ्य संस्था, नगरपालिका, वडा प्रतिनिधि, नागरिक समाज, महिला तथा मानव अधिकारकर्मी, विद्यालयका शिक्षक, युवा क्लब, न्याय क्षेत्र, सहकारी, निगरानी समूह र प्रहरी साझेदारी समितिका प्रतिनिधिहरू समावेश छन्।

समितिले आगामी आर्थिक वर्षको लागि कार्ययोजना समेत निर्माण गरी समुदायमा हिंसा विरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ।


 


प्रकाशित : २०८२ जेठ २१ गते ९:५५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology