पूर्वखोला (पाल्पा), २०८२ जेष्ठ २१
पूर्वखोला गाउँपालिका वडा नं. ३ मा निर्माणाधीन पूर्वखोला वृहत सिंचाइ योजनामा उत्पन्न समस्या समाधानका लागि स्थानीय कृषक (उपभोक्ता) र निर्माण व्यवसायी कम्पनीबीच पूर्वखोला गाउँपालिकाको रोहवरमा लिखित सहमति भएको छ।
लुम्बिनी प्रदेश सरकार, जलस्रोत तथा सिंचाइ मन्त्रालयको टेण्डर प्रक्रियामार्फत निर्माणको जिम्मा लिएको पन्थ कन्सट्रक्सन प्रा. लि. ले पचासे वांध कुलो र वगुवा वांध कुलो निर्माण गर्दै गर्दा समयमै काम सुरु हुन नसकेको र वर्षात्सँगै खोलाको बहाव बढ्दा निर्माण कार्य प्रभावित भएको थियो। यसले सिँचाइ नपाएको भन्दै कृषकहरूको गुनासो बढेपछि दुवै पक्षबीच आपसी सहमति मार्फत तत्काल समाधान खोजिएको हो।
सहमतिको प्रमुख बुँदाहरू:
१. वांध निर्माणका क्रममा खनिएको खाडल मर्मत गरी कुलोमा पानी प्रवाह गरिनेछ।
२. खाडलका कारण खेतीयोग्य जमिनमा बाढीको जोखिम न्यून गर्न सुरक्षात्मक व्यवस्था गरिनेछ।
३. वर्षायाममा आउने बाढीबाट अस्थायी संरचनामा क्षति भएमा तत्काल मर्मत गरी सिँचाइ सुविधा पुनः सञ्चालन गरिनेछ।
प्रथम पक्ष (स्थानीय कृषक – उपभोक्ता):
श्री नवीन आचार्य, श्री दीपक आचार्य, श्री प्रविण तिमल्सिना, श्री दुर्गा भट्टराई, श्री खुमबहादुर पाटा, श्री हुमनाथ खनाल, श्री दामोदर पाण्डे, श्री यदुनाथ भट्टराई,श्री शालिकराम आचार्य, श्री कोशल राज बश्याल लगायतका कृषकहरूको उपस्थिति रहेको थियो।
दोस्रो पक्ष (निर्माण कम्पनी – पन्थ कन्सट्रक्सन प्रा. लि.):
१. श्री सागर वश्याल
२. श्री अर्जुन न्यौपाने (प्रतिनिधि)
३. श्री मनोज थारु
गाउँपालिकाको रोहवरमा सहभागी प्रतिनिधिहरू:
१. श्री नुनबहादुर थापा – अध्यक्ष, पूर्वखोला गाउँपालिका
२. श्री भागिरथी शर्मा – उपाध्यक्ष, पूर्वखोला गाउँपालिका
३. श्री कृष्णप्रसाद भट्टराई – वडा अध्यक्ष, वडा नं. ३
४. श्री बासुदेव न्यौपाने – वडा सदस्य, वडा नं. ३
५. श्री गणेशबहादुर काम्मु – वडा सदस्य, वडा नं. ३
६. श्री विनोद नेपाल – निमित्त प्रमुख प्रशासकीय अधिकृत
स्थानीय जनप्रतिनिधिहरूको समन्वय र कृषकहरूको सक्रियतामा भएको यो सहमति स्थानीय समस्या समाधानमा आपसी संवाद र सहकार्यको उत्कृष्ट उदाहरण बनेको बताइएको छ। निर्माण कम्पनीले सहमति कार्यान्वयनमा प्रतिबद्धता जनाएको छ भने कृषकहरूले यसलाई राहतको संकेत मानेका छन्।

प्रकाशित : २०८२ जेठ २२ गते २३:०६
Facebook Comment