
पाल्पा,२२-कार्तिक।
जिल्लाको रामपुर नगरपालिका भित्र भिडभाड कम गर्नका लागि आईतबार(भोलि) देखि जोर विजोर प्रणाली लागु हुने भएको छ।
मौसम परिवर्तन संगै चिसो बढेकाले कोरोना संक्रमणको जोखिम अझ उच्च रहेको भन्दै नगरपालिकामा शुक्रबार बसेको सर्व पक्षिय बैठकले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोरविजोर प्रणाली लागु गर्ने निर्णय गरेको छ भने बढ्दो जोखिमलाई रोकथाम तथा न्यूनिकरण गर्नका र नगरबासीलाई सुरक्षित राख्नका लागि यस्तो निर्णय गरेको रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले जानकारी दिनुभयो।
साथै बैठकले बजार क्षेत्रमा भिडभाड बढेको भन्दै सम्भावित जोखिम न्यूनिकरण गर्न मेडिकल लगाएत अन्य व्यवसाय सञ्चालन गर्दै आएका उद्योगी तथा व्यापारीहरुलाई डोरी तानेर वा प्लाष्टिकको पर्दा लगाएर किनबेच गर्ने गराउन समेत आग्रह गरेको छ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७७ कार्तिक  २२ गते ११:१५
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment