पूर्वखोला गाउँपालिकामा उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षक सम्मान कार्यक्रम सम्पन्न

www.kandaranews.com
प्रकाशित : २०८२ जेठ २४ गते १७:३३

 


पूर्वखोला, पाल्पा २०८२ साल २३ जेठ

पूर्वखोला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिकाको सभा हलमा उत्कृष्ट विद्यार्थी तथा अवकाश प्राप्त शिक्षकहरूको सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठको अध्यक्षतामा पालिका अध्यक्ष नुन बहादुर थापा, उपाध्यक्ष भागिरथी भट्टराई, शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाहरूले सहभागिता जनाएका थिए। अध्यक्ष थापाले शिक्षालाई गाउँपालिकाको प्राथमिकतामा राखिएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रवर्द्धनमा निरन्तर काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपाध्यक्ष भट्टराईले शिक्षक र विद्यार्थीहरूको योगदानको कदर गर्दै आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने आश्वासन दिनुभयो।

कार्यक्रम अन्तर्गत उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षकहरूलाई सम्मान पत्र तथा उपहार प्रदान गरिएको थियो। विद्यार्थीहरूले उत्साहपूर्वक कार्यक्रममा भाग लिँदै आफ्नो अनुभव र भावनाहरू व्यक्त गरेका थिए। सहभागीहरूले शिक्षा क्षेत्रमा थप प्रगति र सुधारका लागि एकमत जनाएका थिए।



प्रकाशित : २०८२ जेठ २४ गते १७:३३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology