पूर्वखोलामा झिनिया तथा चिप्स उत्पादनसम्बन्धी ७ दिने सिप विकास तालिम सुरु

www.kandaranews.com
प्रकाशित : २०८२ जेठ ३० गते १९:१४

 


पूर्वखोला, पाल्पा — २०८२ जेठ २९
पूर्वखोला गाउँपालिका, पाल्पाको आयोजनामा गरिबी निवारणका लागि सञ्चालित लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत ७ दिने झिनिया तथा चिप्स उत्पादनसम्बन्धी सिप विकास तालिम पूर्वखोला–२, जल्पामा आजदेखि सुरु भएको छ।

तालिमको शुभारम्भ पूर्वखोला–२ का वडा अध्यक्ष श्री निर बहादुर सारुको अध्यक्षतामा गरिएको हो। कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्री सुन्दर प्रसाद श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

स्थानीय स्रोत साधनको उपयोग गर्दै ग्रामीण क्षेत्रमा स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले सुरु गरिएको उक्त तालिममा सहभागीहरूलाई झिनिया (सजावट सामग्री) तथा चिप्स बनाउने व्यावसायिक सीप प्रदान गरिनेछ। तालिमले महिलाहरू, युवाहरू तथा विपन्न समुदायलाई लघु उद्यमतर्फ प्रेरित गर्ने विश्वास लिइएको छ।

गाउँपालिकाले MEDPA कार्यक्रम अन्तर्गत यस्ता सिपमूलक तालिमहरूलाई प्राथमिकता दिँदै आएको छ, जसले दीर्घकालीन रूपमा समुदायको आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


 


प्रकाशित : २०८२ जेठ ३० गते १९:१४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology