सुनौलो हजार दिन कार्यक्रम तथा पुरस्कार वितरण सम्पन्न

www.kandaranews.com
प्रकाशित : २०८२ असार १ गते २०:४८

पूर्वखोला गाउँपालिका, २०८२ असार १ –

पूर्वखोला गाउँपालिका अन्तर्गत रिङ्नेरह स्वास्थ्य चौकीमा आज विशेष पोषण अभिमुखिकरण तथा लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य श्री बासुदेव न्यौपानेज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथि स्वास्थ्य शाखा प्रमुख श्री मोहन ढकालज्यू रहनुभएको थियो।

सुनौलो हजार दिन अन्तरगत रहेका आमाहरुलाई पोषणसम्बन्धी जानकारी दिनुका साथै पोषण लेखाजोखा सम्बन्धी अभिमुखिकरण गरियो। साथै २४ पटक वृद्धि अनुगमनमा सहभागी भएका बच्चाहरूका अभिभावकलाई प्रोत्साहन स्वरूप पुरस्कारसमेत वितरण गरियो।

स्वास्थ्य चौकी प्रमुख श्री राज आचार्यले कार्यक्रम सञ्चालनमा सहजीकरण गर्नु भएको थियो। कार्यक्रममा स्थानीय महिलाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।


प्रकाशित : २०८२ असार १ गते २०:४८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology