पूर्वखोला, असार ८
पूर्वखोला गाउँपालिकाको १७औं गाउँसभा अन्तर्गत पहिलो बैठक आज गाउँपालिका सभाहलमा सम्पन्न भएको छ। अधिवेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष श्री नुन बहादुर थापाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो।
अध्यक्ष थापाद्वारा प्रस्तुत उक्त नीति तथा कार्यक्रममा गाउँसभा सदस्यहरूले गहन छलफल गरी राय र सुझावहरू राखेका थिए। छलफलका क्रममा उठेका विषयहरू समेट्दै छुट भएका तथा परिमार्जन आवश्यक बुँदाहरू संशोधन गरी नीति तथा कार्यक्रमलाई सर्वसम्मत पारित गरिएको हो।
बैठकको विशेष क्षणमा गाउँपालिकामा कृषिको क्षेत्रमा उत्कृष्ट योगदान दिएका ५ जना कृषकहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा उत्कृष्ट ४ जना र सर्वोकृष्ट १ जना कृषक रहेका छन्, जसलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको गाउँपालिका स्रोतले जनाएको छ।
गाउँसभाको दोस्रो बैठक मिति २०८२ असार १० गते विहान ११:०० बजे बस्ने तय गरिएको छ। सो बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत गरिने गाउँपालिकाले जानकारी दिएको छ।

प्रकाशित : २०८२ असार ८ गते २१:५०
Facebook Comment