असार १०, रामपुर (रमा भण्डारी)
रामपुर पाल्पामा औषधि व्यवसायी सङ्घ रामपुरको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। रामतुलसी नमुना माध्यमिक विद्यालयको खेलमैदान परिसरमा आज सम्पन्न कार्यक्रममा विभिन्न जातका ४० वटा विरुवा रोपिएको हो।
औषधि व्यवसायी सङ्घ रामपुरका अध्यक्ष राजकुमार श्रेष्ठको संयोजकत्वमा कपुर, निम, कटहर, गोलमर र राजवृक्षजस्ता औषधीय र महत्वपुर्ण जातका विरुवा रोपिएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले जानकारी दिनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठले हरियाली रामपुर बनाउने उद्देश्यले विद्यालयको खेलमैदानलाई वृक्षारोपणस्थलको रूपमा रोजिएकोमा औषधि व्यवसायी सङ्घप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा सङ्घका अर्का अध्यक्ष निरज श्रेष्ठ (राजकुमार) ले वृक्षारोपणका लागि स्थान उपलब्ध गराएकोमा विद्यालय परिवारप्रति धन्यवाद प्रकट गर्नुभयो। कार्यक्रमको सञ्चालन औषधि व्यवसायी सङ्घका सल्लाहकार खेमनारायण काफ्ले ‘अमृत’ले गर्नुभएको थियो।
प्रकाशित : २०८२ असार १० गते १९:०४
Facebook Comment