एसईई नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

www.kandaranews.com
प्रकाशित : २०८२ असार १३ गते २०:१९

 


काठमाडौं, असार १३
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा शुक्रबार साँझ सार्वजनिक गरेको छ। बोर्डका अनुसार यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

बोर्डले दिएको जानकारी अनुसार, नियमिततर्फ ४ लाख ३१ हजार ४६६ग्रेडवृद्धि तर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी परीक्षा सहभागी भएका थिए।

यसपटकको एसईई परीक्षा चैत ७ गतेदेखि देशभर एकैसाथ सञ्चालन गरिएको थियो। बोर्डले नतिजा अनलाइन वेबसाइट, एसएमएस र मोबाइल एपमार्फत उपलब्ध गराएको जनाएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार, नतिजा प्रकाशनसँगै विद्यार्थीको शैक्षिक यात्रा उच्च माध्यमिक तहतर्फ प्रवेश गर्ने तयारीमा जुट्ने छन्। साथै, कतिपय विद्यालयले विज्ञापन तथा भर्ना प्रक्रिया सुरु गरिसकेको बताइएको छ।


 


प्रकाशित : २०८२ असार १३ गते २०:१९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology