खरकाे छाना भएको घरलाई घर करमा पूर्ण छुट

भुवन सिंजाली
प्रकाशित : २०८२ असार १९ गते २१:५२

असार १९, पूर्वखोला गाउँपालिका,पाल्पा
पूर्वखोला गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयक पारित गर्दै खरको छाना भएको घरलाई घर करमा पूर्ण छुट दिने निर्णय गरेको छ।

गाउँसभाको १७औं अधिवेशन अन्तर्गत तेस्रो बैठकमा विधेयक समितिका संयोजक मेहर सिंह थापाले आर्थिक तथा वित्तीय उत्तरदायित्व ऐन र बाल संरक्षण नीति प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष भागिरथि शर्मा भट्टराईले पेश गर्नुभएको आर्थिक विधेयक अनुसार:

  • खरको छाना भएको घरलाई घर करमा पूर्ण छुट
  • सुर्तीजन्य पदार्थ व्यवसाय दर्ता/नवीकरण शुल्क रु. १०,०००
  • पटके व्यवसाय कर नलाग्ने
  • अन्य कर, दस्तुर, शुल्कहरूमा आंशिक परिमार्जन गर्दै अघिल्लो वर्षकै विधेयकलाई निरन्तरता दिने

यसै बैठकमा विभिन्न समितिहरू — आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, सुशासन, न्यायिक अनुगमन, सार्वजनिक लेखा — का संयोजकहरूले प्रगति प्रतिवेदन पेस गरेका थिए।

वडा नं. ३, रिङ्नेहरले आफ्नो वडामा व्यवसाय सञ्चालन गर्ने ३ जना व्यवसायीलाई नगद, दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेको छ।

गाउँसभाका अध्यक्ष नुनबहादुर थापाले आउँदो असार २२ गते ११ बजे हुने अन्तिम बैठकमा बाँकी विधेयक पारित गर्दै अधिवेशन सम्पन्न गरिने जानकारी दिनुभएको छ।


 


प्रकाशित : २०८२ असार १९ गते २१:५२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology