प्रथम युनियन कप : ब्याडमिन्टन पुरुषतर्फको उपाधि पूर्वखोला ‘ए’, महिलातर्फ माथागढीलाई

प्रवीण तिमल्सिना ,
प्रकाशित : २०८२ भदौ २० गते १४:१४

पाल्पा — तानसेन भुसालडाँडा कभर्डहलमा सम्पन्न प्रथम युनियन कप डबल्स ब्याडमिन्टन प्रतियोगितामा पुरुषतर्फ पूर्वखोला गाउँपालिका ‘ए’ विजयी भएको छ भने महिलातर्फ माथागढी गाउँपालिका पहिलो भएको छ।

पुरुष डबल्समा पूर्वखोलाका मोहन ढकाल र झविन पल्लीले रामपुरका दानबहादुर राना र ज्ञानबहादुर सिंजालीलाई २–० सेटमा पराजित गर्दै नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्रसहित पहिलो भए। दोस्रो भएको रामपुरले १० हजार पायो भने माथागढी गाउँपालिका र सुन्तलाजात फलफूल विकास केन्द्र तेस्रो भई ५–५ हजार नगद प्राप्त गरे।

महिला डबल्समा माथागढीकी पुनम चिदी र जितकुमारी ढेंगाले रैनादेवी छहराकी रितु जीसी र शर्मिला रानालाई २–० सेटमा हराउँदै नगद ८ हजार जिते। दोस्रो रैनादेवीले ४ हजार पायो भने कालीगण्डकी करिडोर आयोजनाको जोडी र रिब्दीकोटको जोडी तेस्रो भई २–२ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

नेपाल निजामती कर्मचारी युनियन पाल्पाको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ ४६ जोडी र महिलातर्फ ११ जोडी सहभागी भएका थिए।


प्रकाशित : २०८२ भदौ २० गते १४:१४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology