पर्वत जलजला समाज कतारले दोस्रो वार्षिकोत्सव मनाउँदै

बिकास गैरे
प्रकाशित : २०८२ असोज ८ गते १:४१

 

 

कतार – पर्वत जलजला समाज कतारले यही आउँदो शुक्रबार, सेप्टेम्बर २६, २०२५ का दिन आफ्नो दोस्रो वार्षिकोत्सव भव्यताका साथ मनाउने भएको छ। उक्त अवसर पारेर विजया दशमी र तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सहित सांगीतिक साँझ आयोजना गरिने आयोजक समितिले कन्दरा  न्यूज डट कमलाई जानकारी दिएको छ।

कार्यक्रम शुक्रबार दिउँसो १२:१५ बजेदेखि सनैयास्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा हुनेछ। नेपालबाट विशेष अतिथि कलाकारका रुपमा पर्वते राजा भनेर परिचित लोकदोहोरी गायक आर.सी. पन्तमेरो भ्वाइस युनिभर्स–सिजन २ मा कतारबाट प्रतिनिधित्व गर्दै फाइनल चरणसम्म पुगेकी लोकप्रिय गायिका जुनु प्रसाईं आउने भएका छन्।

त्यस्तै कतारमै रहेका करिब एक दर्जनभन्दा बढी नेपाली कलाकारले समेत आफ्ना प्रस्तुति दिनेछन्। कार्यक्रममा प्रत्यक्ष दोहोरी साँझ पनि हुने जानकारी दिइएको छ।

कार्यक्रम संयोजक सुर्य बहादुर खत्रीका अनुसार कार्यक्रममा कतारस्थित संघ–संस्था, समाजसेवी, व्यवसायी, पत्रकार, कलाकारलगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई निमन्त्रणा गरिएको छ। “यो वार्षिकोत्सव मात्र नभई दशैं विशेष कार्यक्रम पनि भएकाले विदेशमा रहेका नेपालीबीच आत्मीयता, सद्भाव र भाईचारा साटासाट गर्ने महत्वपूर्ण अवसर हुनेछ,” उनले बताए।

कार्यक्रमबारे थप जानकारीका लागि संयोजक सुर्य बहादुर खत्री (६६०१७७८२), अध्यक्ष देवराज कार्की (७७४०१८७७) र सचिव बाबुराम नेपाली (७७२६९१७८) लाई सम्पर्क गर्न सकिनेछ।

कार्यक्रममा मिडिया पार्टनर: एफ.एन.जे कतार, मध्यान्ह राष्ट्रिय दैनिक, नेपाली जनता खबर, रेडियो ओलिभ नेपाल कतार, मुग्लानी खबर, बुटवल टुडे, दिप संचार मिडिया, पूर्वखोला मिडिया प्रा.लि रहेका छन भने सहयोगीको रुपमा  आयुषा मेकअप सलोन रहेको छ।

 


प्रकाशित : २०८२ असोज ८ गते १:४१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology