नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित

Kandara News
प्रकाशित : २०८२ असोज १२ गते ०:३८

 

शारजाहमा भएको युनिटी कप टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित निकालेको छ।

१४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १२९ रनमै समेटियो। नेपालका स्पिनरहरूको चमकदार बलिङले नै जित सम्भव बनायो।

कप्तान रोहित पौडेलले ३८ र कुशल मल्लले ३० रन जोड्दा नेपालले १४८ रन बनाएको थियो। जवाफी ब्याटिङमा वेस्ट इन्डिजका नवीन बिदाइसीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे पनि टिमलाई जित दिलाउन सकेनन्।

यो जितसँगै नेपालले पहिलोपटक वेस्ट इन्डिजलाई हराउँदै सिरिजमा १–० को अग्रता लिएको छ।


प्रकाशित : २०८२ असोज १२ गते ०:३८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology