पाल्पा, असोज २१ –
पूर्वखोला–२, जल्पा मैदानमा नवदुर्गा युवा क्लबको आयोजनामा रम्भा देवी बाल क्लबको २८औं वार्षिकोत्सव तथा विजया दशमी र दीपावलीको अवसरमा बृहत् सांस्कृतिक कला महोत्सव तथा पुरुष–महिला भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले शुभकामना मन्तव्य दिँदै,
“कला, संस्कृति र खेलकूदको माध्यमबाट युवाहरूलाई संगठित गर्दै आर्थिक समृद्धि र सामाजिक एकता प्रवर्द्धन गर्न सकिन्छ,”
भन्नुभएको थियो।
महोत्सवमा सिन्धुली कलाघर, न्यू जल्पाली पञ्चे बाजा समूह, र स्थानीय कलाकारहरूले नाटक, नृत्य, गायन लगायतका विविध प्रस्तुति दिएका थिए।
कार्यक्रममा प्रसिद्ध लोकदोहोरी गायक यामु थापाको बेजोड प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
कलाघरबाट सुमन थापा मगर, पवित्रा रम्तेल, रिता थिङ, सञ्चिता थापा मगर, जीवन थापा मगर, शृजना गोले तामाङ, निरुता लामा, रुबिना पुलामी मगर, रीता बि.क., गंगा ठटाल, ममता श्रेष्ठ र सुबास लामिछानेलगायतको सहभागिता रहेको थियो।
आयोजक नवदुर्गा युवा क्लब र न्यू जल्पाली पञ्चेबाजा समूहले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरेका छन्।
फिचर पोस्ट



प्रकाशित : २०८२ असोज २२ गते २२:५७
Facebook Comment