रामपुर उद्योग वाणिज्य संघको ११औं वार्षिक साधारण सभा सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ असोज २५ गते १२:३१

 


📅 असोज २४ – रमा भण्डारी, रामपुर पाल्पा

रामपुर उद्योग वाणिज्य संघले शुक्रबार एघारौँ वार्षिक साधारण सभा तथा स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको छ।
संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनु भयो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले लोकतन्त्र र संविधानप्रति आस्था राख्दै सच्चिएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो। उहाँले रामपुर उद्योग वाणिज्य संघले स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले सुरक्षाको प्रत्याभूति नहुँदा उद्योग व्यवसाय प्रभावित भएको बताउँदै निजी क्षेत्रमाथिको प्रहारको दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा राख्नुभयो।
लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले पछिल्लो राजनीतिक अस्थिरताले निजी क्षेत्र संकटमा परेको भन्दै सहकार्य र सद्भावका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचनले “अब भाषण होइन, कार्यको समय आएको छ” भन्नुभयो।

जिल्ला उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ,
संघका सल्लाहकार हजुल मियाँ,
नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेललगायतले आन्तरिक पर्यटन प्रवर्द्धनमा संघले पु-याएको योगदानको प्रशंसा गर्नुभयो।

कार्यक्रममा संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले गत वर्षका गतिविधि र भावी योजना प्रस्तुत गर्नुभयो।
त्यस अवसरमा पूर्व पदाधिकारीहरू र भवन निर्माणमा सहयोग पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रम उपाध्यक्ष रुद्रनारायण श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भई
वाणिज्य उपाध्यक्ष विष्णु बहादुर सारुको धन्यवाद ज्ञापन र
महासचिव खिम बहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो।


फिचर पोस्ट


प्रकाशित : २०८२ असोज २५ गते १२:३१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology