चितवन, कार्तिक १ –
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा आज बिहान भएको भीषण सवारी दुर्घटनामा २१ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ७ः१५ बजे सातवटा सवारीसाधन आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस ठोक्किएपछि पछाडिका सवारीसाधनहरू पनि लस्करै ठोक्किएका थिए। तीमध्ये ना ७ ख ९६०७ नम्बरको टेलर, बा.प्र-०६-००१ ग ०४८४ नम्बरको विद्युतीय माइक्रोबस, ग २ ख १६२६ नम्बरको बस, ना ३ च ३२५६ नम्बरको बलेरो र बिएबि ८४७० नम्बरको कार समेत दुर्घटनामा रहेका थिए।
दुर्घटनामा घाइते भएका २१ जनालाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रकाशित : २०८२ कार्तिक २ गते ११:२०
Facebook Comment