वर माग्ने सत्यवती मन्दिरमा कार्तिक पूर्णिमामा महाजोक

www.kandaranews.com
प्रकाशित : २०८२ कार्तिक १० गते २०:५०

पाल्पा ।
तिनाउ गाउँपालिका–४ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल सत्यवती मन्दिरमा यस वर्ष पनि महाजोक परेको छ । तिहारपछिको कार्तिक शुक्ल पूर्णिमाको अवसरमा हरेक वर्ष लाग्ने सत्यवती मेलामा यस पटक पनि भक्तजनहरूको ठूलो भीड रहने अनुमान गरिएको छ ।

सत्यवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाँका अनुसार, कार्तिक महिनाभित्रै पूर्णिमा परेको वर्षलाई ‘महाजोक’ मानिन्छ, र यस्तो वर्षमा वर माग्दा मनोकामना पूरा हुने विश्वास रहिआएको छ । यही जनविश्वासका कारण देश–विदेशबाट हजारौं तीर्थयात्री चिच्याएर वर माग्न मन्दिरमा पुग्ने गर्छन् ।


 


प्रकाशित : २०८२ कार्तिक १० गते २०:५०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology