रामपुर नगरपालिका वडा नं. १ मा एकीकृत घुम्ती शिविर सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ मंसिर १८ गते १९:३८

मंसिर १६, रमा भण्डारी, रामपुर पाल्पा

रामपुर नगरपालिका वडा नं. १ मा आज एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ। नगरपालिका कार्यालयबाट दूरदराजमा रहेका वडा नं. १ र २ का नागरिकलाई लक्षित गरेर सेवा प्रवाह गर्ने उद्देश्यसहित उक्त शिविर सञ्चालन गरिएको हो।

नगरपालिकाबाट प्रदान हुने विभिन्न सेवा तथा स्वास्थ्य जाँच सुविधा वडा नं. १ को कार्यालय परिसरमै उपलब्ध गराइएकाले स्थानीयलाई सहज भएको छ।

शिविरमार्फत योजनाको सम्झौता, बैंक खाता खोल्ने, ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र वितरण, नागरिकता तथा पञ्जिकरणसम्बन्धी सेवा, व्यवसाय दर्ता तथा नविकरण, कृषि र पशु सेवा, आँखा तथा कान परीक्षणसहित अन्य स्वास्थ्य सेवा प्रदान गरिएको थियो।

प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितका अनुसार दूरदराजका नागरिकलाई सहज पहुँच सुनिश्चित गर्नका लागि यस्तो शिविर सञ्चालन गरिएको हो। उहाँले आगामी चरणमा वडा नं. ९ मा पनि घुम्ती शिविर सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभयो।

त्यस्तै, नगर प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष कपिलबहादुर खाँणले सिंहदरबारको सेवा घरघरमा पुर्‍याउने उद्देश्यअनुसार गाउँमै सेवा पुर्‍याउन शिविर आयोजना गरिएको बताउनुभयो। वडा नं. २ का अध्यक्ष कृष्णबहादुर दर्जीले ग्रामीण बस्तीमै सेवा पाउँदा स्थानीय अत्यन्तै सन्तुष्ट भएको उल्लेख गर्नुभयो।

शिविरबाट वडा नं. १ र २ का ४८५ जनाले विभिन्न सेवा प्राप्त गरेका छन्।

  • स्वास्थ्य जाँच: १७०
  • ल्याब सेवा: मधुमेह परीक्षण १४०, एचआईभी परीक्षण ४५ — कुल १८५
  • आँखा परीक्षण: १३०
  • कान परीक्षण: ७०
  • आँखा परीक्षणमध्ये ११ जनामा मोतियाविन्दु देखिएको
  • सामाजिक सुरक्षा भत्ता बायोमेट्रिक: ४२
  • अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र:
  • योजना सम्झौता: २७
  • योजना बैंक खाता:
  • पशु सेवा: १७०
  • कृषि सेवा: २०६
  • आयुर्वेद सेवा: १०१

रामपुर अस्पतालको प्राविधिक टोली र कालीगण्डकी आँखा उपचार केन्द्रको समन्वयमा विशेषज्ञसहितको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो। घरमै सेवा पाएको अनुभूति हुँदै स्थानीय नागरिक अत्यन्तै खुशी भएको प्रतिक्रिया दिएका छन्।


फिचर पोस्ट


प्रकाशित : २०८२ मंसिर १८ गते १९:३८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology