पाल्पा — निस्दी गाउँपालिका–७ स्थित मदनपुर टोलमा स्थानीय संरचना विकास र यातायात सुविधाको पहुँच विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको मोटरबाटो आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । टोल विकास संस्थाको पहल र स्थानीयको श्रमदान तथा सहयोगमा बनेको उक्त मोटरबाटो उद्घाटनसँगै अब स्थानीय बासिन्दालाई यात्रा गर्न अझ सहज हुने भएको छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, समाजसेवी तथा स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागी वक्ताहरूले सडक सुविधा विस्तारले गाउँको विकास, स्वास्थ्य सेवा पहुँच, कृषि तथा बजार हस्तान्तरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : २०८२ मंसिर १९ गते २०:४४
Facebook Comment