नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाका नवनिर्वाचित समितिलाई सपथग्रहण
रमा भण्डारी रामपुर, पाल्पा प्रकाशित : २०८२ पुष १३ गते २०:१९
पौष १३
रमा भण्डारी, रामपुर पाल्पा
नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरको पाँचौँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको सपथग्रहण कार्यक्रम पौष १३ गते आइतबार सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाल्पाका उपमन्त्री तथा निर्वाचन अधिकारी कमलराज भट्टराईको संयोजकत्वमा आयोजित कार्यक्रममा रेडक्रसका नीति, सिद्धान्त र अनुशासनलाई पालना गर्दै सेवामूलक कार्य गर्ने प्रतिबद्धतासहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ गराइएको हो।
सपथग्रहणपछि नवनिर्वाचित सभापति मनोरथ भट्टराईले रेडक्रस उपशाखा रामपुरको भवन निर्माणका लागि रामपुर–७ मा अवस्थित ४ आना ३ पैसा जग्गा दान गर्नु भएको घोषणा गर्नुभयो। त्यसलगत्तै बसेको समितिको पहिलो बैठकले उक्त दानमा प्राप्त जग्गा मालपोत कार्यालयमा दर्ता प्रक्रियाका लागि कोषाध्यक्ष केशवराज पोखरेललाई प्रतिनिधि पठाउने निर्णय गरेको छ।
पौष १० गते सम्पन्न पाँचौँ अधिवेशनले ११ सदस्यीय कार्यसमिति चयन गरेको थियो। जसअनुसार
उपसभापति: रमा भण्डारी
सचिव: तिलबहादुर श्रेष्ठ
कोषाध्यक्ष: केशवराज पोखरेल
सह–सचिव: मञ्जु पोखरेल
सह–कोषाध्यक्ष: हिरा पोखरेल
सदस्यहरू: देवराज ढकाल, भेषराज अर्याल, बन्दना पोखरेल, सिता डोटेल र राधिका भण्डारी चयन हुनु भएको छ।
कार्यक्रममा निर्वाचन अधिकारी कमलराज भट्टराईले नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिँदै रेडक्रसमा आजीवन तथा विशिष्ट आजीवन सदस्य संख्या वृद्धि गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले रेडक्रस स्वार्थविनाको संस्था भएकाले निरन्तर साथ र सहयोग अपरिहार्य रहेकोमा जोड दिनुभयो।
कार्यक्रमको सञ्चालन सचिव तिलबहादुर श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम रामपुरस्थित आधाभूत माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो।
Facebook Comment