भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लियो

www.kandaranews.com
प्रकाशित : २०८२ पुष १८ गते २३:०८

झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको एक विमान रन–वेबाट चिप्लिएको छ। काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ९०१ को जहाज अवतरणका क्रममा ओभर रन भई ग्रास एरियामा पुगेको हो।
झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालका अनुसार विमान रन–वेबाट चिप्लेर ग्राउन्डभन्दा केही बाहिर पुगेको थियो। विमानस्थल प्रशासनले यात्रु तथा चालक दलका सबै सदस्य सकुशल रहेको जनाएको छ।
जहाजमा ५१ जना यात्रु सवार थिए। घटनामा विमानमा सामान्य क्षति पुगेको भए पनि कुनै पनि यात्रु वा चालक दलका सदस्यलाई चोटपटक लागेको छैन। घटना बिहान ८ बजेर २० मिनेटमा भएको हो।
खराब मौसमका कारण जहाज चिप्लिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।


प्रकाशित : २०८२ पुष १८ गते २३:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology