बराह कृषि सहकारी संस्था १५औँ वार्षिक साधारण सभा सम्पन्न

बासुदेव ढकाल  रामपुर, पाल्पा
प्रकाशित : २०८२ पुष २७ गते २०:५३

बासुदेव ढकाल  रामपुर, पाल्पा | पौष २७

बराह कृषि सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाको कार्यालय बराहटारमा आयोजित साधारण सभाको उद्घाटन रामपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष दिनेश आचार्यले गर्नुभएको थियो।
उद्घाटन मन्तव्यमा वडाध्यक्ष आचार्यले कृषि सहकारीले कृषकलाई लगानीदेखि उत्पादनसम्म सहयोग गरी उनीहरूको आर्थिक जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। साथै, उहाँले सहकारीको प्रगतिका लागि शुभकामना व्यक्त गर्दै रामपुर नगरपालिका तथा वडा कार्यालयको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
संस्थाका अध्यक्ष छायाचन्द्र पंगेनीले सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वि.सं. २०६७ सालमा स्थापना भएको यस सहकारीमा हाल २ सय ९७ जना कृषक शेयर सदस्य आबद्ध रहेको जानकारी दिनुभयो।
लेखा समिति पूर्व संयोजक मनोज आचार्यले ८६ लाख ७३ हजार ५ सय ४ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन सभामा पेश गर्नुभएको थियो।
साधारण सभामा रामपुर नगरपालिका वडा नं. ८ का वडा सचिव बासुदेव ढकाल, संस्थाका व्यवस्थापक दुर्गा विक, तथा शेयर सदस्य केशवराज अधिकारीले शुभकामना मन्तव्यसहित आफ्ना धारणा राख्नुभएको थियो।
कार्यक्रममा नियमित बचततर्फबाट तारा प्रसाद भण्डारी र भिमराज घिमिरे, असल बाल बचतकर्ता यमुना भण्डारी, असल ऋणी सरस्वती विक तथा ज्येष्ठ शेयर सदस्य खुमकान्त सुबेदीलाई सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो।
संस्थाका अध्यक्ष छायाचन्द्र पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार कृष्ण प्रसाद घिमिरेले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रम सञ्चालन विष्णु प्रसाद घिमिरेले गर्नुभएको थियो।

फिचर पोस्ट


प्रकाशित : २०८२ पुष २७ गते २०:५३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology