काठमाडौं – लोकप्रिय गायक बिक्रम कुँवरको नयाँ नेपाली गीत ‘हर्के’ को आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। सन् २०२६ को सुरुवातसँगै सार्वजनिक गरिएको यस गीतले छोटो समयमै दर्शकको ध्यान तान्न सफल भएको छ।
गीत ‘हर्के’ समाजमा दैनिक देखिने सामान्य पात्र, उनीहरूको जीवनशैली, व्यवहार, बानी र साना–साना क्षणहरूबाट प्रेरित रहेको गायक कुँवरले बताएका छन्। गीतले सरल तर गहिरो भाव बोकेका पात्र र परिस्थितिमार्फत नेपाली समाजसँग नजिकका, चिरपरिचित र यथार्थपरक कथालाई संगीत र दृश्यको माध्यमबाट प्रस्तुत गरेको छ।
यो गीत केवल मनोरञ्जनमा सीमित नभई कथावस्तु प्रधान रहेको कुँवरको भनाइ छ। गीतका शब्द, स्वर र अभिनयलाई स्वाभाविक र दर्शकमैत्री बनाउने प्रयास गरिएको छ, जसले दर्शकलाई सजिलै गीतसँग जोड्न मद्दत पुर्याउँछ। भिडियोले ‘हर्के’ पात्रलाई जीवन्त बनाउँदै गीतलाई स्पष्ट पहिचान दिएको छ।
गीत सार्वजनिक भएसँगै गायक कुँवरले सामाजिक सञ्जाल तथा युट्युबमार्फत प्रचार अभियान तीव्र पारेका छन्। दर्शकलाई भिडियो अन्त्यसम्म हेर्न, प्रतिक्रिया दिन, लाइक, सेयर र च्यानल सब्स्क्राइब गर्नसमेत आग्रह गरिएको छ। दर्शकको साथ र माया नै आगामी सिर्जनाका लागि मुख्य प्रेरणा हुने कुँवरले बताएका छन्।
उल्लेखनीय कुरा के छ भने, ‘हर्के’ गायक कुँवरले वि.सं. २०६० सालमै पहिलोपटक प्रस्तुत गरेको मौलिक गीत हो। हालको संस्करण भने नयाँ संगीत संयोजन, आधुनिक दृश्य र फरक कथावाचनसहित पुनः निर्माण (रिमेक) गरिएको हो।
भिडियो पूरा हेर्न तलको लिन्क क्लिक गर्नु होला।
गीत विवरण:
🎵 गीत: हार्के
🎤 स्वर: बिक्रम कुँवर
✍️ शब्द: नवीन चुडाली क्षेत्री
🎼 एरेन्जर: भूपेन्द्र बज्राचार्य
🎬 निर्देशन / सम्पादन: रमेश बस्नेत
📷 छायांकन: प्रजेश कृष्ण श्रेष्ठ
🎥 सहायक छायाँकार: प्रगित महत, मनिष राई
🚁 ड्रोन: ङवाङ शेर्पा
कलाकारहरू: सूर्य लिम्बु, येशा दन्थेफुटे, हिरामणि ढकाल, दिया देवकोटा, सर्वज्ञ भट्टराई, उमेश न्यौपाने, राजकुमार शाह, मनिष राई, सेवक कार्की, सञ्जय राणा रहेका छन।
Facebook Comment