निस्दीमा करेन्ट लागेर एक जनाको मृत्यु

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ माघ ५ गते २२:१५

पाल्पा — निस्दी गाउँपालिकामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।
निस्दी गाउँपालिका–४ मित्यालमा हावाबाट चल्ने टर्बाइन (वायु ऊर्जा) को पङ्खा मर्मत गर्ने क्रममा करेन्ट लागेर ३५ वर्षीय लालबहादुर खङ्गाहा को मृत्यु भएको हो। खङ्गाहा निस्दी–४ खोप्लाक निवासी रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभएको छ।
वायु ऊर्जा पोलको पङ्खा मर्मत गर्ने क्रममा करेन्ट लागेपछि करिब १० मिटर उचाइबाट खसेर गम्भीर घाइते भएका खङ्गाहालाई उपचारका लागि नवलपुरस्थित मध्यविन्दु अस्पताल लगिएको थियो। तर आइतबार दिउँसो करिब २ बजे उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक खङ्गाहा निस्दी गाउँपालिकामा करार सेवामा कार्यरत कर्मचारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।


प्रकाशित : २०८२ माघ ५ गते २२:१५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology