पाल्पाली सेवा समाज दोहा–कतारको ९औँ अधिवेशन फेब्रुअरी १३ मा हुने

www.kandaranews.com
प्रकाशित : २०८२ माघ २६ गते १२:४२

दोहा, कतार । पाल्पाली सेवा समाज दोहा–कतारले आफ्नो ९औँ अधिवेशन तथा १९औँ स्थापना दिवस आगामी फेब्रुअरी १३, २०२६ मा आयोजना गर्ने भएको छ।
अधिवेशन कार्यक्रम संयोजक विकास गैरेका अनुसार अधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ। उनले कतारमा क्रियाशील विभिन्न संघ–संस्थालाई औपचारिक रूपमा निमन्त्रणा पत्र पठाइसकिएको जानकारी दिँदै, यदि कसैले पत्र प्राप्त नगरेको भए यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेका छन्।
संयोजक गैरेका अनुसार कार्यक्रममा कतारमा कर्मथलो बनाउँदै आएका नेपाली कलाकारहरूको विशेष साङ्गीतिक प्रस्तुति समेत रहनेछ, जसले कार्यक्रमलाई अझ आकर्षक बनाउने अपेक्षा गरिएको छ।
पाल्पाली सेवा समाजका महासचिव माधव भण्डारीका अनुसार कार्यक्रम प्लाजामलस्थित लालीगुराँस नेपाली रेस्टुरेन्टमा आयोजना हुनेछ। कार्यक्रम फेब्रुअरी १३, २०२६ (शुक्रबार) का दिन बिहान ठीक ११:३० बजे सुरु हुने जनाइएको छ।
समाजले कतारमा रहेका सम्पूर्ण पाल्पाली तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई अधिवेशन तथा स्थापना दिवसलाई भव्य र सफल बनाउन आग्रह गरेको छ।


प्रकाशित : २०८२ माघ २६ गते १२:४२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology