दोहा, कतार – पाल्पाली सेवा समाज दोहा–कतारले आफ्नो नवौँ अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। अधिवेशनले विकास गैरेको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। गैरे पाल्पा जिल्ला, पूर्वखोला गाउँपालिका–५, बिरकोटका निवासी हुन् र कतारमा रहेका नेपाली श्रमिकहरूको हितमा सक्रिय व्यक्ति हुन्।
गैरेले NRNA QATAR र नेपाली दूतावाससँग सहकार्य गर्दै कठिन परिस्थितिमा परेका श्रमिकहरूको उद्धार गरेका छन्। कतिपयलाई खाना खुवाएका छन् भने कतिपयलाई नेपाल फर्किने टिकटको व्यवस्थासमेत गरेका छन्।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा गणेश बस्याल, प्रथम उपाध्यक्षमा प्रवीण तिमिल्सिना, द्वितीय उपाध्यक्षमा नारायण बस्याल, महिला उपाध्यक्षमा धना कुमारी श्रेष्ठ, तृतीय उपाध्यक्षमा विष्णु नेपाली चयन भएका छन्। महासचिवमा हिरालाल बस्याल, उपमहासचिवमा ईश्वर काफ्ले र कमल भुसाल, सचिवमा विवेक गैरे, कोषाध्यक्षमा ऋषिराम श्रेष्ठ, सह–कोषाध्यक्षमा नारायण सोमै मगर रहेका छन्।
कार्यक्रममा पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक लिलम चिदी मगरले पद तथा गोपनीयताको शपथ गराएका थिए। कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष विश्वोनाथ भट्टराईले गरेका थिए भने प्रमुख अतिथि NRNA NCC कतारका अध्यक्ष कृष्ण पन्थी थिए।
अधिवेशनमा पाल्पाली सांस्कृतिक पहिचान झल्काउने ढाका टोपी लगाएर अतिथिहरूलाई स्वागत गरिएको थियो। महासचिव माधव भण्डारीले दुई वर्षे कार्यकालको सांगठनिक प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रममा चुकौनी र बटुकजस्ता परम्परागत परिकार प्रस्तुत गरियो। तमु गुरुङ समाजले अतिथिहरूलाई फेटा लगाएर सम्मान गरेको थियो भने कतारका स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए।
वक्ताहरूले पाल्पा जिल्लाको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रशंसा गर्दै, कतारमा स्थापित नेपाली संस्थाहरूले श्रमिक हित, सहयोग र सचेतनामूलक कार्यक्रममा केन्द्रित रहनुपर्नेमा जोड दिएका थिए। प्रमुख अतिथि कृष्ण पन्थीले नवनिर्वाचित कार्यसमितिसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
अधिवेशनको अन्त्यमा अध्यक्ष विश्वोनाथ भट्टराईले सबैलाई धन्यवाद ज्ञापन गर्दै, आगामी दिनमा सहकार्यको लागि कतारमा स्थापित सबै संघसंस्थालाई अनुरोध गर्दै कार्यक्रम समापन गरे।
कार्यक्रमको सहजीकरण महासचिव माधव भण्डारीले गरेका थिए।
प्रकाशित : २०८२ फागुन २ गते १०:०१
Facebook Comment