पाल्पा-१ निर्वाचन क्षेत्रमा ३४ वर्षपछि नेपाली काँग्रेसले पुनः विजय हासिल गरेको छ। कांग्रेसका उम्मेदवार सन्दीप राना १८,३३६ मतसहित विजयी भए। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमाले का नारायण आचार्य १६,८१९ मतसहित दोस्रो स्थानमा रहनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विमल पन्त १४,३३३ मतसहित तेस्रो स्थानमा पुगेका छन्।
पाल्पा-१ को राजनीतिक इतिहास हेर्दा, ०४८ सालको चुनावमा मात्रै कांग्रेस विजयी भएको थियो। त्यसयता यो क्षेत्रमा लगातार एमाले उम्मेदवारको जीत देखिन्थ्यो। २०५१ मध्यावधि चुनावमा दलबहादुर राना (एमाले), २०५६ मा भद्रबहादुर थापा (एमाले), संविधानसभा २०६४ मा दलबहादुर राना, २०७० मा राधाकृष्ण कँडेल, २०७४ मा फेरि दलबहादुर राना, र २०७९ मा नारायण आचार्य विजयी भएका थिए।
यसरी सन्दीप रानाको जीतले यस क्षेत्रमा कांग्रेसको राजनीतिक पुनरागमनको संकेत गरेको छ। क्षेत्रका राजनीतिक विश्लेषकहरूले यो नतिजालाई स्थानीय विकास र जनताको बदलिँदो राजनीतिक धाराको प्रतीक पनि मानिरहेका छन्।
नेपाली काँग्रेसका कार्यकर्ताहरूले निर्वाचनको परिणामको उत्सव मनाउँदै जनताको विश्वास र समर्थनलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रकाशित : २०८२ फागुन २३ गते २२:२९
Facebook Comment