१४ वर्षदेखि वेपत्ता दाजु किशोर न्यौपानेको न्याय माग्दै बहिनीको मार्मिक सन्देश

www.kandaranews.com
प्रकाशित : २०८२ फागुन २४ गते १९:५७

नेपालको पछिल्लो निर्वाचनसँगै सामाजिक सञ्जालमा न्यायको अपेक्षा झल्काउने भावनात्मक अभिव्यक्तिहरू सार्वजनिक भइरहेका छन्। यसैक्रममा किरण न्यौपानेले लेखेको एक मार्मिक सन्देश अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ।
बहिनी किरण न्यौपानेले १४ वर्षदेखि वेपत्ता आफ्ना दाजु किशोर न्यौपानेको सम्झना गर्दै लेखेका शब्दहरूले न्यायको खोजीमा रहेका परिवारहरूको पीडा उजागर गरेको छ। “मैले भोट बदलिदिए आमा, अब त आजभन्दा १४ वर्ष अगाडि मरेको न्यायले पुनर्जन्म पाउला कि ?” भन्दै सुरु गरिएको उक्त सन्देशमा उनले आफ्नो दाजुको अवस्थाबारे कुनै खबर आउला कि भन्ने आशा व्यक्त गरेकी छन्।
उनका अनुसार परिवार अझै पनि न्यायको प्रतीक्षामा छ। आमाले छोरा फर्किने बाटो कुर्दै बसिरहेकी छन् भने बाबाले अपराधीहरूले सजाय पाएको खबर सुन्ने आशा राखेका छन्। लामो समयदेखि न्याय नपाएको पीडालाई उनले निर्वाचनमार्फत परिवर्तनको आशासँग जोडेकी छन्।
“अब त कानुनले पनि साँचो बोल्ने अवसर पाउला कि…?” भन्ने प्रश्नमार्फत उनले देशमा कानुनी शासन मजबुत हुनुपर्ने आवश्यकता औँल्याएकी छन्।
सामाजिक सञ्जालमा फैलिएको यो सन्देशले १४ वर्षदेखि वेपत्ता भएका किशोरका लागि न्यायको मागलाई फेरि एकपटक चर्चा मा ल्याएको छ।


प्रकाशित : २०८२ फागुन २४ गते १९:५७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology