दोहा–कतार, १३ मार्च २०२६ — पाल्पाली सेवा समाज, दोहा–कतारको सचिवालयको पहिलो बैठक समाजका अध्यक्ष श्री विकास गैरेको अध्यक्षतामा अलहिलालमा सम्पन्न भएको छ।
बैठकमा समाजका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बैठकमा प्रमुख सल्लाहकार श्री विश्वनाथ भट्टराई, अध्यक्ष श्री विकास गैरे, प्रथम उपाध्यक्ष श्री प्रविण तिमल्सिना, महिला उपाध्यक्ष श्री धना कुमारी श्रेष्ठ, उपाध्यक्षहरू श्री विष्णु नेपाली र श्री नारायण बस्याल, महासचिव श्री हिरालाल बस्याल, उप–महासचिव श्री कमल भुसाल, सचिव श्री विवेक गैरे तथा कोषाध्यक्ष श्री ऋषिराम श्रेष्ठ लगायतको सहभागिता थियोे ।
बैठकले संस्थाको कार्यलाई अझ व्यवस्थित, प्रभावकारी तथा सक्रिय बनाउने उद्देश्यका साथ विभिन्न निर्णयहरू गर्दै संस्थापक, सम्मानित संरक्षक, संरक्षक तथा सल्लाहकारहरू मनोनयन गरेको छ।
समाजका संस्थापकमा हेम बगाले मगर, पृथ्वी थापा मगर र दल बहादुर बुढाथोकी रहेका छन्। सम्मानित संरक्षकमा श्री लिलाम चिदी मगर तथा संरक्षकमा श्री महल केसी मनोनयन भएका छन्। त्यसैगरी सल्लाहकारमा रमेश कनौजे मगर, जनक थापा मगर, ढकेश्वर भण्डारी, कृष्ण सारु मगर, शेख अब्दुल्ला, दामोदर पाण्डे, शंकर न्यौपाने र ऋषिराम न्यौपाने चयन भएका छन्।
त्यसैगरी बैठकले विभिन्न विभाग गठन गर्दै सम्बन्धित व्यक्तिहरूलाई जिम्मेवारी प्रदान गरेको छ। संघ–संस्था विभागको वरिष्ठ उपाध्यक्ष श्री गणेश बस्याल तथा उपाध्यक्ष श्री विष्णु नेपाली रहेका छन्। युवा तथा खेलकुद विभागमा संस्थापक श्री पृथ्वी थापा मगर र श्री हेम बगाले मगर, उप–महासचिवहरू श्री कमल भुसाल र श्री ईश्वर काफ्ले, सचिव श्री विवेक गैरे, कोषाध्यक्ष श्री ऋषिराम श्रेष्ठ तथा सह–कोषाध्यक्ष श्री नारायण सोमै मगर रहेका छन्। श्रमिक तथा प्रचार–प्रसार विभागको जिम्मेवारी प्रथम उपाध्यक्ष श्री प्रविण तिमल्सिना र श्री माधव भण्डारीलाई दिइएको छ भने सांस्कृतिक विभागमा सल्लाहकार श्री जनक थापा मगर तथा कार्यसमिति सदस्यहरू श्री सुरेश बिसी र श्री नारायण देवकोटा रहेका छन्। अनुशासन विभागमा श्री मीन सारु मगरलाई जिम्मेवारी दिइएको छ। महिला विभागमा महिला उपाध्यक्ष श्री धना कुमारी श्रेष्ठ र सचिवालय सदस्य श्री देविका बस्याल रहेका छन्। आर्थिक विभागमा कोषाध्यक्ष श्री ऋषिराम श्रेष्ठ तथा सह–कोषाध्यक्ष श्री नारायण सोमै मगर रहेका छन्। यातायात विभागमा उपाध्यक्ष श्री नारायण बस्याल, सचिव श्री विवेक गैरे तथा सह–कोषाध्यक्ष श्री नारायण सोमै मगर रहेका छन्। त्यसैगरी लेखा समितिको संयोजकमा श्री सन्तोष काफ्ले चयन भएका छन्।
उक्त पद तथा जिम्मेवारीमा चयन तथा मनोनयन भएका सम्पूर्ण व्यक्तित्वहरूलाई पाल्पाली सेवा समाज, दोहा–कतारका अध्यक्ष गैरेले सफल कार्यकालको शुभकामना साथै प्रवासमा रहेका पाल्पालीहरूलाई एकताबद्ध गर्दै सामाजिक तथा रचनात्मक गतिविधिहरूलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरेका थिए ।
प्रकाशित : २०८२ फागुन ३० गते १९:०२
Facebook Comment