जल्पामा भव्य सांस्कृतिक महोत्सव तथा अन्तरपालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता सम्पन्न

माधब पाण्डे , जल्पा
प्रकाशित : २०८३ वैशाख ३ गते २०:४७

माधब पाण्डे – जल्पा,पाल्पा
नयाँ वर्ष २०८३ को अवसरमा पूर्वखोला गाउँपालिका–२ जल्पामा भव्य रूपमा सांस्कृतिक महोत्सव तथा अन्तरपालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रम जल्पा वडा खेल मैदानमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो भने खेल लिग सिस्टममा सञ्चालन गरिएको आयोजकले जनाएको छ। प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै रम्भा गाउँपालिका प्रथम, रामपुर नगरपालिका द्वितीय, पूर्वखोला गाउँपालिका तृतीय तथा निस्दी गाउँपालिका सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।
विजेता टोलीहरूले प्राप्त गरेको पुरस्कार राशी यसप्रकार रहेको छः
🏆 प्रथम – रम्भा गाउँपालिका (नगद रु. ७५,०००, सिल्ड, मेडल र प्रमाणपत्र)
🥈 द्वितीय – रामपुर नगरपालिका (नगद रु. ५०,०००, सिल्ड, मेडल र प्रमाणपत्र)
🥉 तृतीय – पूर्वखोला गाउँपालिका (नगद रु. २५,०००, सिल्ड, मेडल र प्रमाणपत्र)
🎖️ सान्त्वना – निस्दी गाउँपालिका (नगद रु. १५,०००, सिल्ड, मेडल र प्रमाणपत्र)
कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले यस्ता खेलकुद कार्यक्रमले युवाहरूलाई एकताबद्ध बनाउने र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने बताउनुभयो।
त्यसैगरी, विशिष्ट अतिथि रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले खेलकुद तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सबैको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा जनसेवा युवा समूहका अध्यक्ष श्रिधन कवरले युवाहरूलाई सकारात्मक बाटोमा लाग्न प्रेरित गर्ने यस्ता कार्यक्रम निरन्तर गर्नुपर्ने बताउनुभयो।
महोत्सवलाई अझ आकर्षक बनाउन राष्ट्रिय कलाकारहरू बद्री पङगेनी, डोलराज बाघरे लगायत दर्जनौं कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए, जसले दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो।
उक्त कार्यक्रम सञ्चालनका लागि आवश्यक आर्थिक सहयोग गाउँपालिका र वडा कार्यालयबाट गरिएको आयोजकले जनाएको छ। स्थानीयवासीहरूको उल्लेख्य सहभागितासहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

फिचर पोस्ट 


प्रकाशित : २०८३ वैशाख ३ गते २०:४७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology