लक्ष्मी लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८३ वैशाख ३१ गते १२:५८

बैसाख ३० । रमा भण्डारी, रामपुर, पाल्पा
लक्ष्मी लघुवित्त वित्तीय संस्था रामपुर शाखाले सदस्यहरुबीच अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर जिल्लाअन्तर्गत रामपुर सेवा केन्द्रका लघुवित्तमा आबद्ध महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा लक्ष्मी लघुवित्त वित्तीय संस्था गण्डकी प्रदेश प्रमुख ले सानो लगानीबाट जीवनयापनमा लक्ष्मी लघुवित्तले सहयोग गर्ने बताउँदै नियमित बचत र संगठित हुन आग्रह गर्नुभयो ।
उहाँले “महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ संस्था अगाडि बढिरहेको छ, त्यसैले नियमित बचत र एकीकृत भएर काम गर्न आवश्यक छ” भन्नुभयो । सहभागीले राखेका जिज्ञासाको समाधान गर्दै उहाँले संस्थालाई अझ बलियो बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सहभागी सदस्यहरुले आफ्नो केन्द्रको अनुभव सुनाउँदै लघुवित्तले जीवनस्तर सुधार गर्न सहयोग पुगेको बताएका थिए । “शुरुमा के होला भन्ने लाग्थ्यो, अहिले धन्न नछोडेर बसिएछ, घरपरिवार धान्न कसैले देला भनेर आश गर्नुपर्ने अवस्था छैन” उनीहरुले बताए ।
कार्यक्रममा लगायत विभिन्न केन्द्रका प्रमुखहरुले मन्तव्य राख्नुभएको थियो । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर सेवा क्षेत्र रहेको शाखाअन्तर्गत १४६ वटा केन्द्र रहेका छन् भने १ हजार ८ सय ५९ जना महिला आबद्ध रहेका छन् ।
उत्कृष्ट केन्द्रमध्ये सर्वोत्कृष्ट केन्द्र केन्द्र नम्बर ४० भट्टराईडाँडा महिला केन्द्र चापाकोट, द्वितीय केन्द्र नम्बर ११७ हुवास महिला केन्द्र, तृतीय केन्द्र नम्बर ३ सिन्दुरेटोल महिला केन्द्र तथा सान्त्वना केन्द्र नम्बर ४९ गैलुक महिला केन्द्र भएका छन् । उत्कृष्ट ग्राहक विधातर्फ केन्द्र नम्बर ९० भलायटार महिला केन्द्रकी जुनमाया थापा सम्मानित हुनुभयो ।
केन्द्र नम्बर ४८ का केन्द्र प्रमुख देविप्रभा पाण्डेको अध्यक्षतामा होटल श्रीनगर को सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन शाखाका सहायक दुर्गा प्रसाद शर्माले गर्नुभएको थियो । रामपुर शाखा सदावर्तका प्रमुख दलबहादुर थापाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।


प्रकाशित : २०८३ वैशाख ३१ गते १२:५८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology