रामपुर साना शहरी खानेपानी संस्थाको ब्लक नम्बर ६ को साधारणसभा सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८३ जेठ १ गते ११:१८

बैशाख ३१, रमा भण्डारी, रामपुर पाल्पा
रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ले ब्लक नम्बर ६ को वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कमलराज भट्टराई को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बालकुमारी थापा ले पानसमा बत्ती बालेर तथा गमलामा पानी हालेर उद्घाटन गर्नुभएको थियो ।
रामपुर नगरपालिका–४ स्थित सभाहलमा आयोजित कार्यक्रममा उपप्रमुख थापाले स्थानीय खानेपानी आयोजनाहरू स्थानीय तहमा दर्ता गर्नुपर्ने नीति अनुसार हालसम्म २९ वटा खानेपानी मूल दर्ता भइसकेको जानकारी दिनुभयो । उहाँले ४ सयभन्दा बढी घरधुरीमा धारा जडानका लागि अनुदान प्रदान गरिएको बताउँदै बाँकी समस्या समाधानका लागि ब्लक समिति र मूल समिति जिम्मेवार र चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पानी मानव जीवनका लागि अत्यावश्यक रहेको उल्लेख गर्दै शुद्ध पानी पिउन सके ८० प्रतिशत रोगबाट बच्न सकिने बताउनुभयो । “पानी बिना मानव जीवन सम्भव छैन, त्यसैले शुद्ध पानीको प्रयोग आवश्यक छ,” उहाँले भन्नुभयो ।
ब्लक नम्बर ६ का संयोजक मोहन थापा ले आफ्नो ब्लकमा रहेका समस्या तथा सम्पन्न भएका विभिन्न कार्यहरूको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा रामबहादुर राना ले उपभोक्ताले आफूले प्रयोग गर्ने पानीको गुणस्तरबारे जानकारी पाउनुपर्ने बताउँदै वडाले आवश्यक सहयोग गर्दै आएको जानकारी दिनुभयो । उहाँले विपन्न परिवारलाई अनुदानमा धारा जडान समेत गरिएको बताउनुभयो ।
संस्थाकी उपाध्यक्ष विष्णुमाया ढकाल को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष कमलराज भट्टराईले संस्थाको वर्तमान अवस्था तथा भावी रणनीतिबारे जानकारी गराउनुभएको थियो ।
संस्थाका कोषाध्यक्ष भोजराज भट्टराई ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा संस्थाको कुल आम्दानी ६ करोड ६३ लाख ७६ हजार ९१९ रुपैयाँ र खर्च ४ करोड ६९ लाख ६७ हजार ६९६ रुपैयाँ भएको जानकारी दिनुभयो । साथै हाल १ करोड ८९ लाख रुपैयाँ बराबरका योजना सञ्चालनमा रहेको बताउनुभयो ।
लेखा समिति सदस्य मञ्जु भट्ट क्षेत्री ले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विष्णुदेवी घिमिरे आचार्य, दुर्गा देवी राना, तुलबहादुर थापा, देवबहादुर ठाडा तथा साईवब बेगम लगायतले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
सञ्चालक समिति सदस्य मुना थापा ले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव नीलकण्ठ पोखरेल ले गर्नुभएको थियो ।

फिचर पोस्ट 

 


प्रकाशित : २०८३ जेठ १ गते ११:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology