उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई मुना मेमोरियल ट्रष्टले गर्यो सम्मान

Kandara News
प्रकाशित : २०७७ पुष ११ गते २३:३२

पाल्पा, मुना मेमोरियल ट्रष्ट रामपुर नगरपालिका १० पाल्पाले माध्यमिक शिक्षा परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । २०७६ सालको एसईईमा जनकल्याण माध्यमिक विद्यालय बाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई दशौं मुना स्मृति दिवसको अवसरमा सम्मान गरेको हो ।

ट्रष्टले विद्यालयका छात्रा पुनम विश्वकर्मालाई नगद ५ हजार र प्रशंसा पत्र सहित सम्मान गरेको हो । मुना मेमोरियल ट्रष्टका संरक्षक धन कुमारी अधिकारीको अध्यक्षतामा भएको सम्मान कार्यक्रम सृजना आमा समुह रामपुर १० का अध्यक्ष सरस्वती वोस्तीले सम्मान गर्दै ट्रष्टले मुना अधिकारीको स्मृतिमा समाज पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा ट्रष्टका संरक्षक कृष्ण प्रसाद अधिकारी, जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्द प्रसाद भण्डारी, शिक्षा प्रेमी बाबुराम तिमिल्सिना, सृजना आमा समुहका पूर्व अध्यक्ष दुर्गा देवी भण्डारी र पुरस्कृत छात्रा पुनम विश्वकर्माले आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन मुना मेमोरियल ट्रष्टका सचिव उपेन्द्र अधिकारीले गर्नु भएको हो ।


प्रकाशित : २०७७ पुष ११ गते २३:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology